Logo

आजबाट डा.भीम रावल



काठमाडौं, ३ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य भीम रावलले विद्यावारिधी तहको अध्ययन पूरा गरेका छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधी तहको अध्ययन पूरा गरेका हुन् ।

नेपालमा राजनीतिक हिंसा र माओवादी द्धन्द्ध विषयमा थेसिस लेखेका रावलको आज भाइभा सम्पन्न भएको हो । उनको थेसिसलाई त्रिभुवन विश्वविद्यालयको मानविकि संकायको रिसर्च कमिटिले स्वीकारेपछि औपचारिक रुपमा विद्यावारिधीको अध्ययन पूरा भएको हो । रावलको गाइडमा प्राध्यापक डा. मीना वैद्य थिइन् ।

पीएचडी रिसर्चका लागि रावल पछिल्लो समय राजनीतिमा भन्दा अध्ययनमा बढी व्यस्त थिए । उनी रिसर्चका लागि सक्रिय भई लागेका थिए । –File Photo



प्रतिक्रिया दिनुहोस्