Logo

अर्जेन्टिनाले सम्पूर्ण सीमा बन्द गर्दै



एजेन्सी, ३ चैत । कोरोनाको संक्रमणमा रोक लगाउन अर्जेन्टिनाले आफ्नो सम्पूर्ण सीमा बन्द गर्ने भएको छ । कोरोनाको संक्रमणसंग लड्न सीमा बन्द गर्ने विषय अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डीसले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

अर्जेन्टिनाको सीमा अगामी १५ दिनको लागि बन्द गरिएको जनाइएको छ । सीमा बन्द अवधी लम्बिन सक्ने समेत जनाइएको छ । कोरोनाको उच्च जोखमिको खतरा विश्वभर फैलिरहेको अवस्थामा उक्त निर्णय सरकारले लिएको जनाइएको छ । अर्जेन्टिनाका नागरिकबाहेक अन्य विदेशी नागरिकलाई अर्जेन्टिना आवतजावतमा रोक लगाउने समेत राष्ट्रपतिले जनाएको छ । अर्जेन्टिनामा कोरोना भाइरसको पहिलो केस मार्च ३ मा दर्ता भएको थियो । उक्त भाइरसबाट ५६ जना मानिस संक्रमित भएका छन् । मार्च १२ मा राष्ट्रपति फर्नान्डीसले इमरजेन्सी घोषणा गरेका थिए ।

कोरोना भाइरसको संक्रमणमा रुस लगायत एक सय २९ देशमा फैलिसकेको छ । मार्च ११ मा विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकालको घाषणा गरिसकेको छ । चीनबाहेक इरान, इटली र दक्षिण कोरिया उच्च जोखिममा रहेको छ । विश्वभरी भाइरसको संक्रमणबाट ५ हजार सात सय जनाको मूत्यु भएको तथ्यांकले देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्