सन्तानहिनताको मुख्य कारण महिलाको गर्भाशय संक्रमण हुनु वा बन्द हुनु हो । नलिहरु बन्द भएको कारण अन्डा नलिहरु सक्रिय हुँदैनन् वा शुक्राणु अन्डाहरुमा पुग्दैनन् ।
महिला घाइते भएको कारण निषेचित अन्डा पाठेघरको भित्री भित्तामा टाँसिदैन । कहिलेकाँही महिलाको अत्यधिक योनीमा श्राव वा दुखाई हुन्छ, जुन गर्भाशय तथा योनी संक्रमणको सुचक हो । यो गर्भाशयको भित्रि भाग पर्खालमा दाग लाग्छ, जसको बारेमा महिलालाई पनि थाहा हुदैन र वर्षौ पछि थाहा हुन्छ जुन बेला उनीसँग बच्चा जन्माउने क्षमता नष्ट भइसकेको हुन्छ ।
निसन्तानका कारण
कुनै रोगको संक्रमणको कारण जसको उपचार गरिएको छैन । यसको संक्रमण बढेर गर्भाशय तथा फेलोपियन नलिसम्म पुग्छ । प्रसव वा गर्भपातमा हुने समस्याहरुले गर्भाशयको संक्रमण वा क्षति निम्त्याउँछ ।
योनी, गर्भाशय, नलि वा अन्डाशयको सञ्चालनमा समस्या भएमा ।
क्षयरोगको कारण नलिमा र गर्भाशयको भित्री झिल्लीमा पनि दाग लाग्न सक्छ ।
अन्डा उत्पादन गर्न असमर्थ हुन्छ । उसको शरीरले आवश्यक हर्मोनहरु उत्पादन नगरेको कारण हुन सक्छ ।
महिलाको महिनावारी २१ दिन वा ३५ दिनबाट धेरै भएमा उसको ओभुलेशन उत्पादनमा कठिनाई हुन्छ ।
कहिलेकाँही धेरै तौल एकैचोटी घटाउँदा वा हर्मोनल औषधीहरुको सेवनले अण्डा निर्माण प्रक्रियामा कठिनाई हुन सक्छ ।
गर्भाशयमा “फाइब्रोडस” (एक प्रकारको गाठो) को कारण गर्भको पुरै समय सम्ममा नै निकै कठिनाई हुन सक्छ । मधुमेह र क्षयरोग जस्ता रोगहरुले पनि महिलाको प्रजनन क्षमतामा असर गर्न सक्छ । कार्यस्थल र घरमा हुने खतराहरुले महिलाहरुको प्रजनन क्षमतालाई हानी गर्न सक्छ । यसले शुक्राणु र अन्डा उत्पादन देखि स्वस्थ बच्चाको जन्मसम्ममा धेरै तरिकाका समस्या गर्न सक्छ ।