कलेजोको अधिकांश बिरामी चुपचाप रहन्छन्, जब लक्षण देखिन्छ तब ५० प्रतिशत नोक्सान पुगीसकेको हुन्छ । यसको समयमा उपचार र रोग पत्ता नलागे हेपाटाइटिस बी जस्तो विशेष रोग निम्तिन सक्छ ।
एचबीवी संक्रमणलाई रोक्न खोप कार्यक्रम महत्वपुर्ण भमिका खेल्ने बताएको छ । यसले पुरानो कलेजो रोग र हेपेटोसेल्युलर कार्सिनोमा वा कलेजो क्यान्सरको घटनालाई कम गर्नको लागि विशेष हुन्छ ।
पहिलो खोप –पहिलो दिन, दोस्रो खोप–१÷२ महिनाको बीचमा , तेस्रो खोप–४÷६ महिनाको बीचमा विशेषज्ञको अनुसार हाम्रो शरीरमा कलेजोले विषाक्त पदार्थ हटाउन र बाहिर निकाल्न मद्दत गर्छ । शरीरको पुरा रगत कलेजोबाट नै जाने गर्छ । कलेजो रगत प्रवाहको लागि कोसिकाको लागि असामान्य रुपमा सुलभ हुन्छ, जसका कारण विभिन्न प्रकारका ट्युमर त्यहाँ बन्न सक्छ । यो ट्युमर क्यान्सर वा गैह्रक्यान्सर भई शरीरको अन्य भागमा फैलिन सक्छ ।
यो ट्युमरको फरक फरक कारण भई फरक लक्षण पनि हुन सक्छ । प्राथमिक कलेजो क्यान्सर भएका सबै मानिसहरुमा धेरै सिरोसिस हुने गरेको छ । धेरै रक्सी पिउने कारणले कलेजोमा गम्भीर समस्याको स्थिति आउने गर्छ ।
कलेजो क्यान्सरको सामान्य लक्षणमा तौल र भोक नलाग्नु पनि हो । वान्ता हुने, कलेजोको आकार बढ्ने, पेटमा ब्लेडले काटेको जस्तो दुखाई हुने, पेट सुन्निने वा तरल पदार्थको निर्माण, छाला चिलाउनु र आँखा पहेलो हुनु प्रमुख हुन् ।
केही सुझाव
मादक पदार्थ सेवन नगर्ने
रक्सी लामो समयसम्म खानु क्यान्सरको विकासको लागि एक प्रमुख कारण हो ।
स्वस्थ भोजन, फलफुल, सागसब्जी र अन्नको भरपुर मात्रामा उपभोग गर्नुपर्छ, यसमा भएको एन्टीआँक्सीडेन्टबाट हाम्रो शरीरमा फ्रि रेडिकल्स निर्माण हुन रोकिन्छ ।
हरेक दिन ३० मिनेट व्यायाम गर्ने लक्ष्य राख्नाले तपाईको शरीर फिट राख्नुका साथै तौल पनि कम गर्छ । हेपाटाइटिस बी को खोप अनिवार्य लिनुपर्छ ।