Logo

एसइई परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन



काठमाडौं, चैत ४ । यस वर्षको एसइई परीक्षामा कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाइने भएको छ। चैत ६ गते सुरु भई १७ गते सकिने परीक्षामा यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदैछन्। उनीहरुका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको अभिमुखीकरण तालिममा कोरोना संक्रमणको जोखिमबाट बच्न परीक्षा केन्द्रमा आउने परीक्षार्र्थीलाई कसैले पनि नछुन निर्देशन दिइएको छ।

परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ। अभिमुखीकरणमा सहभागिता जनाएका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष हेरम्बराज कँडेलले एसइई परीक्षामा कोरोना जोखिमबाट बच्च उच्च सतर्कता अपनाउन सरकारले निर्देशन दिएको बताए।

विगतमा केन्द्राध्यक्षहरुलाई एकै ठाउँमा राखेर अभिमुखीकरण तालिम दिने गरिएकोमा यसपटक भने कोरोना संक्रमणलाई ध्यानमा राखेर चार समूहमा विभाजन गरिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्