Logo

आज २०७६ चैत्र ४ गते मंगलबारको राशिफल



काठमाडौं, ४ चैत्र । आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र ४ गते मंगलबार इश्वी सन २०२० मार्च १७ तारीख चैत्र कृष्णपक्ष अष्टमी तिथी प्रातः ०८ः१७ बजे सम्म पश्चात नवमी तिथी मूल नक्षत्र ब्यतिपात योग तैतिल करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा छत्र योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु, भौमाष्टमी ,शीतलाष्टमी वासेरा (दू,दूच्याँ,च्याँ) ( ज्यो.प. सरोज घिमिरे

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भोगबिलाषमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुनसक्ने योग रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दम्पति बिच सामान्य मनमुटाब रहला । वाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हुनेछ । दाजुभाई तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहनेछ । गरिरहेको कार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारिरीक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेकोछैन ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) जीवनसाथीको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । नजिकका ब्यक्तिबाट विश्वासघात हुनसक्छ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्तजनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्धीहरुका कारण गरिरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा समय ब्यतित रहनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रजनकोृ सहयोगबाट मन प्रशन्न रहला । बोलीको कारण साथिभाई टाढिन सक्छन । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक स्रोतसाधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभा तथा सम्मेलनजन्य कार्यमा सहभागिताको योग रहेको छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्झट आउन सक्छ । पराक्रम बृद्धि हुनेछ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला । खानपानका क्षेत्रमा सावधानी अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेको छ । संचित रकम समेत खर्चको योग रहेको छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनुपर्ने देखिन्छ । जीवनसाथीको सहयोगमा ब्यापार–ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) संञ्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्झट ब्यर्होनुपर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरिदका निम्ति सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धि हुनेछ । नयाँ लगानीका क्षेत्रमा सजग रहनुहोला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) गरिरहेको काममा त्यतिमन नलाग्नाने सामान्य अपजस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेको छ । नयाँ लगानी साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरिरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नुपर्नेछ । सामाजिक कार्य साथै सभा तथा सम्मेलनमा सरिक हुने अवसर जुट्नेछ । समयमा सही निर्णय गर्न सकिने छ । बिलाषिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।



प्रतिक्रिया दिनुहोस्