काठमाडौं, ४ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले देशमा कोरोना भाइरसको संक्रमण नभएको बताएका छन् । संक्रमण हुन नदिन सबै किसिमका रोकथाम उपाय अपनाएर आवश्यक सम्पूर्ण तयारी समेत भएको बताएका छन् । कोइरालासँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः
तपाईंहरुले थप योजना र रणनीति ल्याउनुभएको छ, कार्यान्वयनतिर ध्यान दिनुभएको छ ?
अहिले हामीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण र रोकथामका लागि शुरुदेखि नै धेरै आन्तरिक रणनीतिहरु अपनाएका थियौं । पहिलो कुरा जुन देशमा कोरोनाको प्रकोप फैलिएको त्यस देशको आवतजावत बन्द गर्यौं । अर्को आउँनै पर्नेलाई स्वापः परीक्षण नगरिनक प्रवेश गर्न दिएनौं । तेस्रो भनेको स्वाप परीक्षण गरेर आए पनि बाटोमा भाइरसहरु प्रवेश गर्ने भएकाले आएइसकेपछि सेल्फ क्वारेनटाइनमा बस्ने गरी सूचना प्रकाशित गरेका थियौं । अर्को भनेको खुला नाका भएका ठाउँमा केही संकुचित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु लगाएर चेकजाँचलाई प्रभावकारी बनाएका छौं । त्यसको लागि सम्बन्धित गाउँपालिका, नगरपालिकामा पनि तुरुन्तै चेकजाँच गर्ने व्यवस्था मिलाएका छौं । अर्हो कुनै व्यक्तिलाई रुघा, खोकी, ज्वरो आएको छ भने त्यस्ता व्यक्तिलाई तुरुन्त काठमाडौं ल्याई ल्याब टेष्ट गर्ने काम गरेका छौं । त्यसकारण हामी धेरै भाग्यमानी पनि भन्नुपर्छ शुरुमा एकजना विदेशीभन्दा बाहेक अहिलेसम्म नेपालमा एक जनामा पनि त्यो भाइरस देखिएको छैन । अहिलेसम्म हामीले परीक्षण गरिएको छ सयजना हाराहारीमा एक जनामा पनि पोजेटिभ देखिएको छैन ।
उच्च सतर्कता अपनाउन उपप्रधानमन्त्री ईंश्वर पोखरेलको नेतृत्वमा बनेको समितिले भनेजस्तो काम गर्न सकेन भन्ने जनगुनासो आएको हो ?
सम्मानीय प्रधानमन्त्री मृगौला प्रत्यारोपणमा जानुअघि धेरै पटक बैठक बसेर उच्चस्तरीय समितिले नेपालमा कोरोना भाइरसविरुद्ध सचेतना अपाउने भन्ने प्रतिवद्धता गरेको थियो । नेपालमा कोरोनामा भित्रिइन नदिने र त्यसका लागि उच्च सतर्कता अपनाउने भनेर प्रधानमन्त्रीबाट निर्देशन भएको थियो । उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको उच्चस्तरीय समितिले खाद्य सामग्री, तेल, ग्याँस, औषधिजन्य पदार्थ जस्तो माक्स सेनिटाइजलगायतका वस्तुहरु कहाँ पुगेका छैनन् । त्यसलाई नीतिगत रुपले नै परिपूर्ति गर्ने भनेर लागिपरिएको अवस्था छ । त्यसलाई नीतिगत रुपमा पास गरिसकेपछि एक्सनमा जाने भनेको तत् तत् निकायहरु जस्तो यसलाई परिचालन गर्ने संघीय मामिला तथा संसद भयो । त्यसैगरी प्रशासन सञ्चालन गर्ने गृहमन्त्रालय, खाद्यान्नलगायत अत्यावश्यक वस्तुमा कृषि मन्त्रालय । आपूर्तिलाई सुचारु गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालय भयो । त्यसैगरी आवश्यक चेकजाँच तथा औषधि पठाउने, चिकित्सकहरु खटाउनेमा स्वास्थ्य मन्त्रालय भयो । यसरी सम्बन्धित मन्त्रालयले सम्बन्धित ठाउँमा गएर आ–आफ्नो क्षेत्रबाट कामलाई अगाडि बढाउने भनेर निर्देशन दिएको थियो । त्यसको कारणले पनि अहिलेसम्म नेपालमा संक्रमण नभएको हो । अर्को हामीले भोलि भैपरी आउने अवस्थालाई मध्येनजर गरी कम्तीमा एक हजार बेडसम्मको क्यारेन्टाइनको व्यवस्था गरेका छौं । त्यस्तै हामीसँग आइसियुको बेडहरु कम थियो । त्यसलाई एक सय २० भन्दा बढी बेड थप गर्ने भनेर खरिद प्रक्रिया अगाडि बढाएर काम सुरु गर्ने भनेका छौं ।
उपत्यका बाहिर पनि चाहिन्छ नि होइन ?
उपत्यका बाहिर पनि १२० कै दरले आईसीयु बेड तयार गर्ने भनेर हरेक प्रदेशमा रु २ करोडका दरले निकासा दिइसकेका छौं । सुरुमा यति गरेका छौं । अरु नपुग रकम पछि पठाउँदै जाने भनेर योजना बनाएका छौं । जनसंख्याको चाप हेरेर प्रत्यक प्रदेशमा १०० भन्दामाथि कुनैमा १०५, कुनैमा ११० र कुनै १२० का दरले आईसीयु बेड तयार गर्न लागेका छौं । त्यस्तै स्थानीय तहहरुलाई हामीहरुले तीनवटा कुरा भनेका छौं । पहिलो वडा अध्यक्षको संयोजकत्वमा कमिटी गठन गर्ने । उसको काम त्यो वडाभरीमा को व्यक्ति नयाँ आउँछ । कसलाई ज्वरो, खोकी, रुघा लागेको त्यसको निगरानी गर्ने र नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउने । अर्को पालिकाभरिमा त्यसको सर्कुलेसन गर्ने र बाहिरबाट नयाँ मान्छे आएका छन् भने त्यसको रेकर्ड राख्ने । केही विरामी भएको छ भने तुरुन्तै एम्बुलेन्स लगेर उसलाई ल्याएर आइसुलेसनमा राख्ने र चेकजाँच गर्ने । तेस्रो प्रदेश सरकारहरुलाई पनि आफ्ना प्रदेशमा भएका अस्पतालहरुमा बेडहरु चुस्त, दुरुस्त राख्ने । स्वास्थ्यकर्मीहरु त्यहाँबाट परिचालन गर्ने । आवश्यकता अनुसारको औजार, उपकरण खरिद गर्ने र त्यस्तो ठाउँमा निगरानी बढाउने भनेर हामी यी कुराहरु तल्लतहसम्मको लागि संयन्त्र गठन गरेका छौं । यसरी हामीले सर्वसुलभको लागि मेकानिजम बनाएका छौं ।
तपार्इंले एक हजार बेडसम्मको आसुलेसन र आइसीयु वार्ड बनाउने कति सम्भव छ ?
जस्तो उदाहरणको लागि खरिपाटीमा दुई सय त अस्ति नै ल्याइसकेका छौं । त्यसैगरी विभिन्न अस्पतालमा खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं । अहिले हामीसँग साढ तीनसय जति तयारी अवस्था छ । बाँकी साढे ६ सयको लागि खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं । अहिले अन्तर्राष्ट्रिय क्राइसिस भएकाले हामीलाई सामान खरिद गर्न अप्ठ्यारो परिराखेको छ । उपलब्ध भएर भेटेसम्म खरिद गरिरहेका छौं । बनाउनका लागि सबै रेडीपोजिसनमा छ, यसमा दायाँबायाँ चिन्तै छैन । आइसीयु बेड बनाउन चार, पाँच दिन लाग्छ । १० दिनभित्र लगभगत सबै तयारी हुन्छ । हामीले धेरै तयारी गरेका छौं । आजबाट शिक्षामन्त्रालयले पनि पुरै तयारी गर्नुपर्छ भनेको छ । त्यसको लागि पनि हामीले तयारी गरेका छौं । राजनीतिक दललगायत सबैलाई सभासम्मेलन, मेला, महात्सव, भोजभतेर पनि सबै राख्नका लागि आह्वान गरेका छौं । यसको लागि पनि राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता परिचालन गरिसकेका छन् । एसईई लगायत सबैखाले परीक्षा नेपालमा अहिलेसम्म एउटा पनि कोरोना भाइरस नदेखिएको र अरु मुलुकमा पनि कोरोना प्रभावित बाहेक अरु क्षेत्रमा लक डाउन नगरेकाले हामीले पनि सुचारु गरेका छौं । डब्ल्यूएचओले पनि त्यसलाई रोक्नु नभनेकाले अन्तर्राष्ट्रिय नियम अनुसार एसईई परीक्षा पनि ५ गतेबाट सुचारु गर्ने भएका छौं । अहिलेसम्म चेकजाचबाट देखिएको छैन । कोही गाउँ, टोलमा भएपनि आफ्नो परिवार र समाज सम्झेर चेकजाँचको लागि आउनुपर्छ । अर्को कुरा अर्राष्ट्रिय सिनारियो हेर्दा पहिलादेखिका रोगीहरुलाई बढीलाई लागेको देखिएको छ । यो पैmलिन चाहीं चाँडै पैmलिन्छ । तर, मृत्युदर धेरै कम छ । जस्तो ५ सयमा पैmलिँदा ५ जनासम्म मृत्यु भएको रेकर्ड हामीसँग छ । यो भाइरस त्यति शक्तिशाली होइन । किनभने बिरामी, बुढाबूढी र अन्य रोगबाट पीडितलाई बढी लागेको देखियो ।
किन सन्त्रास पैmलियो त एसईई परीक्षा रोक्नुपर्छ भन्ने दबाब पनि आइरहेको छ नि ?
देखिएपछि चाँडै पैmलिने भएकाले मानिसमा त्रास उत्पन्न भएको हो । यदि कसैलाई ज्वरो आएको छ भने तपार्इं सबैबाट टाढै बसिदिनुहोस् । हामी तपाईंहरुलाई उपचार गर्छौं । त्यसको जिम्मा राज्यले लिन्छ भनेर हामीले भनिसकेका छौं । अर्को कुरा एसईई परीक्षा हलमा बाहिर परीक्षण गरेर मात्रै भित्र छिर्न दिन्छौं । कसैलाई शंका देखियो भने त्यो व्यक्तिलाई आइसुलेसनमा राखेर सक्छ परीक्षा दिन लगाउने सक्दैन भने घर फर्काउने गर्दछौं । घरबाट जाँदा सुरक्षित ढंगले जाने परीक्षा हलमा परीक्षण गरेर मात्रै छिराउने भएकाले डराउनुपर्ने अवस्था छैन । दोस्रो कुरा यहीं उत्पन्न हुने रोग होइन यो । यो रोग जुन देशमा लागेको छ, त्यहाँबाट आएको मान्छेबाट मात्रै सर्ने रोग हो । त्यसलाई हामीले हवाइ क्षेत्र र नाकामै बन्द गरिरहेका छौ । तेस्रो मुलुकबाट जसरी स्थल मार्ग हुँदाउने व्यक्तिहरु छन् उनीहरुलाई पुरै प्रतिबन्द लगाएका छौं । हवाइमार्गबाट आउनेलाई २४ सैं घण्टा स्वास्थ्यकर्मी खटाएर परीक्षण गर्ने काम गरिएको छ । आन्तरिक र वाह्य दुवै उडानमा त्यो व्यवस्था मिलाइएको छ । अर्को कुरा बसमा यात्रा गर्नेलाई पनि हिजोदेखि सम्भाव्यता अध्ययन गर्दैछौं । सुरक्षाको लागि स्वास्थ्यकर्मीकोमा जान र हामीसँग सम्पर्क फोन नम्बरहरु उपलब्ध गराएका छौं । यी सबै कारणले हामीले अहिलेसम्म सुरक्षित छौं । अहिलेको मौसम अनुसारको सामान्य रुगा, खोकी, ज्वरो आउँदैमा कसैले डराउनुपर्दैन । तर, जब सिस्टम बढ्दै गयो भने तुरुन्त स्वास्थ्यकर्मीकोमा सम्पर्क गर्ने ।
तर, भारत र चीनमा सीमाबाट आउने मानिसमा चेकजाँच कडाईं भएको खोइ त ?
अहिले तपाईंले गएर हुर्नुभयो भने ऋषिजी हरेक सीमानामा चेकजाचलाई कडा गरेका छौं । एउटा समस्या के छ भने सीमाना जोडिएको ठाउँमा एउटा सामान किन्न वारिबाट पारी जाने फेरि पारीबाट वारी आउने हुन्छ एकजना मान्छेलाई कति पटक चेक गर्ने भन्ने छ । फेरि वल्लो, पल्लो दुवै गाउँमा रोग लागेको छैन भने त्यहाँ रोग नलागेको मान्छे जानेबित्तिकै पैmलिने पनि होइन । यदि पल्लो गाउँमा रोग लागेको वल्लो गाउँमा लागेको छैन भने त्यहाँ चाहीं रोक्नुपर्छ । हामीले पहिलादेखि नै भनेका छौं । कुनै गाउँ, ठाउँमा त्यो रोग देखियो भने तुरुन्तै त्यो ठाउँलाई लकडाउन गर्नुपर्छ । लकडाउन गरेपछि वल्लो, पल्लो गाउँ जानै पाउँदैन घरभित्रै बस्नुपर्ने हुन्छ । त्यो रुपसम्म त हामी गएकै छैनौं । भारतको उत्तारञ्चलतिर देखिएको छ, त्यतातिर पुरै प्रतिबन्द गरेका छौं । अन्यत्र देखिएको छैन । भारतको पनि लामो दूरबाट आउने बसलाई पूर्ण रुपले चेकजाँच गरेका छौं । भक्तपुरबाट काठमाडौंं–ललितपुर, बनेपा जानेबित्तिकै रोग आउने होइन । यदि काठमाडौं, पोखराबाट दिल्ली आउने जाने गरेको छ भने त्यसलाई प्रतिबन्ध लगाउँछौं ।
नेपालले विदेशी पठायो, कतारले नेपाली फर्कायो अब अन्तर्राष्ट्रिय विमास्थलको अवस्था कस्तो छ ?
सरकारले सूचना जारी गरिसकेपछि स्वप टेष्ट नगरिकन कुनै पनि व्यक्ति नआउने र आइसकेपछि १४ दिनसम्म आइसुलेसनमा बस्नुपर्छ भनेका छौं । सूचना जारी भइसकेपछि त्यसरी आएका मानिसहरुलाई हामीले फकाउने पनि गरेका छौं । नेपालीहरु हिजो ३ जनाले स्वप परीक्षण लिएर नआएकाले हामीले फर्काइदिएका छौं । तर, नेपालीको हकमा उहाँहरुले आइसकेपछि सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ । उहाँलाई केही भएको छैन हामीलाई थाहा छ, तर १४ दिनसम्म परिवारका कसैसँग नभेटी एउटा कोठामा बस्ने, त्यही खाने, त्यही सुत्ने गर्नुपर्छ । किन भने ऊ पनि एउटा जिम्मेवार नागरिक हो । आफ्ना परिवासरसँग जाँदै छ, भने उसले पनि त्यो विचार गर्नुपर्छ भनेका छौं । १४ दिनसम्म केही भएन भने उहाँहरु फिरिली हिड्डुल गर्न पाउनुहुन्छ । विदेशीको हकमा उताबाट आउँदा स्वप टेष्टको रिपोर्ट लिएर आउनुपर्छ । आएपछि पनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ । जहाँ आउनुहुन्छ त्यस ठाउँबाट बाहिर निस्किन पाइँदैन । यो स्थितिमा कुनै पनि देशका मानिसहरु अर्को देशमा नजानको लागि अनुरोध पनि गरेका छौं ।
तर, विमानस्थलमा त भीड छ नि ?
विमानस्थल आपैmमा सुरक्षित स्थान हो । किन भने उताबाट आउने व्यक्तिलाई चेकजाच नगरी छिराउँदैन । जो व्यक्ति आउँदैछ त्यसलाई डिपाचर हुनेबेलामा चेकजाच गरेर मात्रै उताबाट पठाएको हुन्छ । हामीले पनि त्यसैगरी व्यवस्था मिलाउँदैछौं । यदि कुनै शंकास्पद व्यक्ति देखियो भने त्यसलाई ट्यापिङ गर्ने व्यवस्था गरेका छौं । त्यसरी जति जना आएका छन् तिनलाई क्वारेन्टाइनमा राख्छौं । त्यसकारण एकजनालाई शंकास्पद देखियो भने त्यो प्लेनमा आउने सबैलाई क्वारेन्टाइनमा राख्छौं । त्यसैले हजार बेडको क्यारेन्टाइन राख्न खोजिएको हो । त्यसैको लागि हामीले २४ सैं घण्टा खटाएका छौं ।
कति स्वास्थ्यकर्मीलाई यसको लागि खटाउनुभएको छ ?
तराईंका पालिकाहरुले आवश्यकता अनुसार खटाएको छ । उनीहरुलाई हामी दुई सिफ्ट गर्नु भनेका छौं । दोस्रो कुरा ६ सय हाराहारी स्वास्थ्यकर्मीहरु नेपालबाट खटाएका छौं । आवश्यकता अनुसार बाहिरबाट पनि मेडिकल र ब्यारामेडिकल लिने गर्दछौं । विभिन्न मेडिकल कलेजहरुबाट पनि भोलेन्टियरको रुपमा खटाएका छौं । आवश्यकता अनुसार गर्दैछौं ।
कोरोनाभाइरविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिने गरेको हो ?
जो व्यक्ति कोरोनाको संक्रमित अवस्थामा खटिराखेको छ, रिक्समा खट्नेलाई ७५ प्रतिशत भत्ता दिएका छौं । जो व्यक्ति सेकेन्ड लिएरमा बसेर काम गर्छ त्यसलाई ५० र जो तेस्रो लियरमा बसेर काम गर्छ त्यसलाई २५ प्रतिशत भत्ताको व्यवस्था गरिएको छ । जोखिमपूर्ण काममा खट्ने व्यक्तिलाई प्रोत्साहन पनि दिनुपर्छ । त्यस्तालाई व्यक्तिलाई त्यति दिनुपर्छ भनेर हामीले त्यो व्यवस्था गरेका हौं ।