एजेन्सी, ४ चैत । विश्वभर कोरोनाको संक्रमण फैलिरहँदा भाइरसको त्रासले विश्व नै हल्लिएको छ । चीनबाट फैलिएको कोरानाबाट चीनले उनमुक्ति पाएसंगै युरोप र अमेरिकालाई पिरोलेको छ ।
अमेरिकाको दाखी छ कि उक्त भाइरस चीनले निर्माण गरेको हो । तर, भ्याक्सिनका लागि अमेरिका भने आफ्नो एकाधिकार प्रयोग गरी जर्मन फर्मको अपहरण गरेका जनाइएको छ । भ्याक्सिन निर्माण गरिरहेको जर्मन कम्पनी क्योरभ्याकलाई अेमरिकी राष्ट्रपति ट्रम्पले ठूलो रकमको प्रलोभन देखाई अपहरण गरिरहेको जर्मन पत्रिकाले सार्वजनिक गरेको छ ।
विश्वले भोगिरहेको कोरोनाको सन्त्रासमा प्रत्येक व्यक्तिलाई चाहिने सम्पूर्ण उपचार प्रदान गर्नुपर्ने अवस्थामा अमेरिका यस्तो प्रकारको गतिविधि गर्दा लज्जास्पद भएको जनाइएको छ । के आफ्नो अधिकारको दुरुपयोग गरी अमकेरिकाले जर्मन फर्ममाथि अतिक्रमण गर्न खाजेको छ भन्ने प्रश्न तेर्सिएको छ ।
अमेरिकालाई मात्र कोरानाको असर नपरेको यसको त्रास अहिले सम्पूर्ण विश्वले भोगिरहेको छ । आफ्नो स्वार्थलाई मात्र मध्यनजर राखी अमेरिकाले चालेको कदमप्रति विश्वकै ध्यान केन्द्रित गरेको छ । यस्ता प्रकारका एकलौटी निणर्यप्रति विश्वले अमेरिकालाई स्वार्थीको संज्ञा समेत दिएको छ । अमेरिका आफूलाई शक्तिशाली भन्दै सधैभरी विश्वको सुरक्षा र विश्वको कामना गरिरहेको जानकारी विश्वलाई छ । तर, अहिले विपत्तिको बेला अमेरिकाले एकलौटी भएकोमा विश्वकै ध्यान केन्द्रित गरेको छ ।
सन्त्रासको बेलमा वाशिन्टनले विश्वहितमा काम नगरी आफ्नो देशलाई मात्र प्राथमिकता दिदा विश्वनै निराश भएको छ । यस्तो प्रकारको घोषणाले अमेरिकी दबदबा रहेको क्षेत्रहरुमा दरारको स्थिति पैदा भएको जनाइएको छ । तत्काल ब्रुसेलसित वातावरण परिवर्तन र रक्षा प्रतिको बिल साथै इरानसंगको आणविक समझौताप्रति अमेरिकाले थुप्रै आलोचनासमेत सहेको थियो ।
अमेरिका र युरोपले भारीमात्रामा भाइरस संक्रमणको सामना गरिरहेको छ । लक डाउन समेत घोषणा गरिसकेको छ । अमेरिकाले युरोपसंगको सम्पूर्ण हवाई उडान समेत रद्द गरिसकेको छ । साथीको भुमिका आपतकालिन अवस्थामा अमेरिकाले निर्वाह नगरेको युरोपियन परिषदका पूर्व प्रमुख टस्मले भनेका छन् । जर्मन बायोटेक कम्पनी क्योरभ्याकका लगानीकर्ताले भने,‘हामी भ्यकक्सिनको निर्माण एक राष्ट्रका लागि मात्र नगरी विश्वको लागि निर्माण गर्नेछौँ ।’
इयुले इटलीलाई अति आवश्यक समयमा साथ नदिएको समेत विषय उजागर भएको छ । कोरोनाको नयाँ केन्द्र मानिएको इटलीप्रति गर्ने सहयोगमा इयुले गर्न नसकेको र अमेरिकाले अहिलेसम्म कुनै ठूलो सहयोग नगरेको समेत जनाइएको छ । लक डाउनको अवस्थामा भने चीनले इटलीलाई भारीमात्रामा सहयोग गरिरहेको जनाइएको छ । महामारीले विश्वव्यापी रुपमा भू–राजनीतिशास्त्रलाई पुनः नयाँ आकार दिने सम्पूर्ण विज्ञहरुले जनाएका छन् । पश्चिमी मुलुकहरु रोकथाम र नियन्त्रण गर्न कुनैपनि प्रभावकारी कदम नचालेको कारण पश्चिमी मुलुकहरुले कोरोना संक्रमणप्रति हार मानिसकेको छ । विश्वले विपत्तिको सामना गरिरहेको बेला अमेरिकाको एकलौटी स्वार्थ प्रति विश्वनै निराश भएको छ । अमेरिकाले उक्त कदमप्रति कुनै चासो नदेखाएको र घटनापछि महसुस नगरेको विज्ञहरु बताउँछन् ।