एजेन्सी, ४ चैत । सर्वप्रथम चीनको हुबेई प्रान्तको वुहान शहरमा फैलिएको कोरोना भाइरसप्रति चीन एकबद्व भएर लाग्दा चीनले पहिलो चरणको भाइरस संक्रमणबाट उनमुक्ति पाएको छ । चीनले संक्रमणको बेला एक्लै लडेर जीत हासिल गरिसकेको छ ।
युरोप कोरोनाको नयाँ केन्द्रबिन्दु भएको छ । भाइरसको संक्रमण उत्तर अमेरिकामा समेत व्यापक भएको छ । कोरोनाको संक्रमण गर्मी महिना अन्त्य हुने आंकलन कतिपय वैज्ञानिहरुले लगाएका छन् । अर्को वर्ष जाडो महिनामा आउन सक्न र उक्त संक्रमणका लागि पहिलै सचेत हुन जरुरी रहेको विज्ञहरु बताउँछन् ।
चीन सर्वप्रथम संक्रमित भएको देश बनेको थियो । चीनमा भारी मात्रामा संक्रमणको गिरावट आएको देखिन्छ । चीनको जनजीवन सामान्य बन्न र कार्यविधि सुचारु गर्न केही समय लाग्ने जनाइएको छ । चीन दुई प्रकारको समस्या एकैसाथ भोगिरहेको छ ।
विज्ञहरुका अनुसार चीनले दोस्रो संकटकालको सामना गर्नुपर्ने बताइएको छ । दोस्रो विपत्ति आउने नआउने भन्ने विषय आन्यौँल रहेको छ । यस्तो प्रकारको घटना दोहोरिएमा चीनले आर्थिक र राजनीतिक दुवै एकैसाथ सामना गर्नुपर्ने विज्ञहरु बताउँछन् । चीनले छिटो समयमा भाइरसको आतंकबाट उनमुक्ति पाएको देखिन्छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा गिरावट आएको थियो । चीनले आफ्नो अर्थतन्त्र पूर्ण रुपमा सुधार छिट्टै गर्न सक्ने अनुमान विज्ञहरुले लगाएका छ ।
चीनमा कोरोनाको संक्रमणमा नियन्त्रण आएको जनाएको छ । चीनलाई तत्कालै जनजीवन सामान्य र कार्य संचालन गर्न गाह्रो हुनेछ । गत डिसेम्बरमा फैलिएको कोराना भाइरसका कारण चीनले छिट्टै सतर्कता अपनाएर र नयाँ प्रविधिको अस्पताल निर्माण गरेको थियो । सम्पूर्ण देशलाई लक डाउन गरी चीनले भाइरसको नियन्त्रण गरेका जनाइएको छ । देशको सम्पूर्ण कार्यविधि ठप्प हुदाँ देशलाई आर्थिक मन्दीको सामना गर्नु परको थियो ।
सर्वप्रथम चीनमा फैलिएको भाइरससंग लडिसकेपछि अर्को विपत्ति आउँदा चीन तयार रहेका जनाइएको छ । चीन महामारीको रोकथाम र पुनः कार्य संचालन गर्ने सक्षम रहेको जनाइएको छ । चीनले देशभित्रको संक्रमणलाई नियन्तत्रण गरेसंगै चीन सरकारले आफ्नो सीमामा कडा निगरानी गरिरहेको छ । सम्पूर्ण विदेशी तथा स्वदेशी नागरिक समेतलाई सीमा पार गर्दा १४ दिन क्वारेन्टाइनमा व्यवस्था बेजिङका राज्य सरकारले गरेको छ । विदेशी नागरिकमा संक्रमणको जोखिम बढेपछि पुनः चीनलाई लक डाउन गर्ने पर्ने अवास्था सिर्जना हुन सक्ने डरले उक्त व्यवस्था गरिएको हो ।
यस्ता प्रकारको कडाईप्रति चीनले बाहिरबाट छिर्ने संक्रमणमा समेत रोकथाम गर्नसक्ने जनाइएको छ । चीन छिर्ने सम्पूर्ण नागरिको दैनिक रुपमा हेल्थ केप गरी रिपोर्ट बुझउनु पर्ने व्यवस्था गरिएको छ । चीनमा भाइरसको संक्रमण घटेसंगै विश्वले उक्त संक्रमणको त्रास भोगरिरहेको बेला चीनले आफ्नो कार्य विधि पूर्ण रुपमा संचालन गर्दा चीनलाइृ संक्रमणको असर नपर्ने जनाइएको छ । चीनमा संक्रमण घटेसंगै चीनको राज्यमा आवतजावत गर्दा संक्रमणको खतरा नहुने समते अनुमान गरिएको छ ।
युरोप र अमेरिकाको अधिकांश राज्यहरुमा चीनभन्दा कम जन्संख्या रहेको कारण उक्त देश र राज्यहरुलाई संक्रमणको राकथाम गर्न गाह्रो भएको अवस्था छ । तर, चीनले संक्रमणलाई राक्न सरकार र दे शवासीसहित गम्भिर रुपमा प्रस्तुत भएको थियो । कार्य संचालन गर्दा पुनः संक्रमणको खतरा हुन सक्ने अनुमान कतिपयले लगाएका छन् । चीन जस्तो प्रकारको ठूलो मुलुलाई कार्यविधि संचालन गर्न गाह्रो हुन सक्छ । चीनले अझपनि रोकथाम र नियन्त्रण गर्ने कार्य जारी रखेको छ । कुनै प्रकारको नयाँ संक्रमण देखा परेमा चीनले छिट्टै पत्ता लगाउन सक्ने जनाइएको छ । चीनले एक्लै भाइरसको संक्रमणबाट लडेको विश्वले यसबाट सिक लिन सक्छ । कोरोनाको संक्रमण चीनमा घट्दा विशवभर फैलिएको छ । कार्यविधि संचालन गर्दा सम्पूर्ण विदेशी नागरिकलाई कडा निगरानीमा राखे चीनले आफ्नो आर्थिक र राजनीतिक अवस्थालाई सुधार गर्दै र फइदा समेत हुने जनाइएको छ ।