Logo

वराहक्षेत्र



वराह क्षेत्र सुनसरीको मात्र नभएर नेपाल र सम्पूर्ण हिन्दुहरुको महत्वपुर्ण र प्रख्यात तीर्थस्थल हो । कोका र कोशी नदीको संगममा पर्ने यो स्थान बराह क्षेत्र गाविस १ मा अवस्थित छ । ब्रह्मपुराण वराहापुराण र स्कन्दपुराण लगायतका पुराणहरु र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको यो स्थान नेपालको सबैभन्दा पुरानो मध्येको एक देवस्थल हो । त्यहाँ विष्णुको पुजा आजा हुने गर्छ ।

धरान देखि करिब २५ कि.मी उत्तर पश्चिममा अवस्थित छ । वराहक्षेत्रको मुल मन्दिरको वर्तमान स्वरुप वि.स.२०९० सालमा भुकम्पले मन्दिर भत्किएपछि अन्तिम पटक जुद्ध शमशेरले वि.स.२०९१ पुननिर्माण गरेका हुन् । त्यहाँ लक्ष्मी, पाञ्चायन, गुरुवराह, सुर्यवराह, कोकावराह, कनागेश्वर लगाएत ९ वटा मन्दिर र धर्मशालाहरु छन् । आज भँन्दा १५ सय अगाडीका त्यहाँ मुर्तिहरु भेटिन्छन् ।

ंयस तिर्थस्थलमा वर्षौभर भक्तहरु आएपनि ठुला मेला लाग्ने कार्तिक पुर्णिमा र मकर संक्रान्ती हुन् । कात्तिक पुर्णिमामा विशेष गरी भारतबाट र मकर संक्रान्तीमा नेपालको पहाडी भागबाट धेरै मानिसहरु बराहक्षेत्र आउने गर्छन् ।

वराहक्षेत्रलाई छेउको कोशी नदी जलक्रिडा र नौकाशशयर गर्न चाहाने मानिसहरुको लागि निकै महत्वपुर्ण छ । हिन्दु पौराणीक कथाका चार क्षेत्रमध्ये २ भारतमा र २ नेपालमा छन् । कुरुक्षेत्र र धर्मक्षेत्र भारतमा र वराह क्षेत्र र मुक्तिनाथ वा मुक्तिचेत नेपालमा छन् ।

भगवान विष्णुले वराहको अवतार लिएर आफ्नो लामो दाँतमा पृथ्वीलाई राखेर पातालमा डुब्नबाट बचाएका थिए । तब भगवानले आफ्नो श्रीमती लक्ष्मीसँग हिमालय र पहाडको बेसीमा कोशी नदीको किनारमा बसे । त्यसकारण त्यस ठाउँको नाम घटनाको पछाडी राखियो । त्यहाँ भगवान विष्णुको वराह अवतारको ठुलो र सुन्दर छवि छ ।



प्रतिक्रिया दिनुहोस्