Logo

महामारीबाट बच्नको लागि यज्ञ



महायज्ञ एक धार्मिक विधि हो । जुन परआत्मा द्वारा हृदयमाबाट गरिन्छ । जीवको आफ्नो सत्य जो आत्माको अभिन्न ज्ञान र अनुभव हो, यज्ञको पुर्णता हा ेर शुद्धिकरणको कार्य हो । यो एक प्रतिकको रुपमा आगोसँग सम्बन्धित छ ।

मन्त्रमा अनेक शक्तिको स्रोत लुकेको हुन्छ । मन्त्रोच्चारणबाट एक विशिष्ट प्रकारको ध्वनि तंरगित निक्लेको हुन्छ । उनको प्रभाव विश्वव्यापी प्रकृतिमाथी, सुक्ष्म जगतमाथी तथा प्राणीहरु स्थान तथा सुक्ष्म शरीरमा पर्नेगर्छ ।

यज्ञद्वारा निस्कने शक्तिशाली तत्वले वायुमण्डलमा फैलिएर असंख्य रोग किटाणुहरुलाई सहजै नष्ट गर्छ । औषधि वा सुईले निको नभएमा महायज्ञबाट गर्न सकिन्छ । साधारण रोग वा महामारीबाट बँच्नको लागि यज्ञ एक सामुहिक उपाय हो । औषधि सिमित व्यक्ति वा सिमित रोगको लागि बचाउने उपाय मात्र हो र यज्ञको वायु सर्वत्र पुग्ने भएकाले बाँच्न कोशिश गर्ने सबै प्राणीहरुको लागि सुरक्षा गर्दछ । मानिसको मात्र नभएर पशुपक्षी, किरा एंव वनस्पतिको पनि रक्षा गर्छ ।

जहाँ ठुला ठुला यज्ञ भएको स्थानमा प्राचीनकालमा तीर्थस्थल बनेका थिए । जुन घरमा जुन स्थानमा यज्ञ लगाइन्छ उक्त स्थान मनोभुमी उच्च, सुविकसित एंव सुसंस्कृत बन्ने गर्छ ।

आगोले भौतिक लाभ दिने गर्छ । यज्ञबाट वायु शुद्ध हुने गर्छ । यसकारण सार्वजनिक स्वास्थ्यको सुरक्षाका एक ठुलो प्रयोजन सिद्ध हुन्छ ।

यज्ञको धुँवा आकाशमा बादलसँग मिल्ने गर्छ । वर्षाको पानी भएर पृथ्वीमा आउँनाले अन्न, घास तथा वनस्पति उत्पन्न हुँदै गरेका वस्तुहरुले सेवन गर्न पाउँने भएकाले पशुहरु सबै ह्रस्टपुष्ट हुन्छन् । यसले मानसिक स्वास्थमा पनि राम्रो गर्छ । मानवजातिको सामुहिक समस्याको हल गर्नको लागि यज्ञ लगाइने चलन प्राचिनकाल देखि चल्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्