कोरोनाको लक्षण देखिएका सक्षम आमाहरुले स्तनपान गराउँदा र बालबालिकाहरुसँग नजिक हुदाँ माक्सको प्रयोग गर्ने, सम्र्पकमा आउँदा र पछि साबुन पानीले हात धुने गर्नुपर्छ । आमा धेरै नै अस्वस्थ भएको अवस्थामा आमाको दुध निकाली चम्चाले शिशुलाई खुवाउन सकिन्छ र भाइरसबाट जोगिनको लागि अन्य सावधानीहरु सधै अपनाउनु पर्छ । साथै कोरोना भाइरसको जोखिम स्थानमा बसोबास गर्ने सबै आमाहरुले ज्वरो, खोकी वा सास फेर्न गाह्रो जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्र्पक गर्नुपर्छ ।
आजसम्मको जानकारी अनुसार गर्भावस्थामा भएको बच्चालाई यो भाइरस सर्ने वा नसर्ने कुनै पर्याप्त जानकारी छैन । गर्भवती महिलाहरुले कोरोना भाइरसबाट जोगिन विभिन्न सावधानी अपनाउनु पर्छ ।