Logo

सभामुख र उत्तर कोरियाली राजदूतबीच शिष्टाचार भेट



काठमाडौं, ४ चैत्र । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत म्यानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरे।

भेटमा सभामुख सापकोटाले उत्तर कोरियाले वार्ताका माध्यमबाट समस्या समाधानका लागि गरिरहेको पहलले विश्वभर सकारात्मक सन्देश गएको बताएको पनि सभामुखको सचिवालयले जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्