Logo

एक महिनादेखि दुई सय ट्रक केरुङमा रोकिए



काठमाडौं, चैत ५ । चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडालगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन् । फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि लिने रु भन्दै प्रश्न गरे । लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउनका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको आजको कोरोबार दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्