Logo

तस्करको हातमा चौपाया



काठमाडौँ, ५ चैत । छाडा चौपाया नियन्त्रण गर्न नसकेर आलोचना खेपिरहेको वीरेन्द्रनगर नगरपालिकाले ५० हजार रुपैयाँ बाटाखर्चसहित आइतबार ९२ वटा गाई हुम्लाको खार्पुनाथ गाउँपालिकाका वीरबल कामीको जिम्मा लगायो। व्यावसायिक पशु फार्म सञ्चालनका लागि भन्दै नगरपालिकाले व्यक्तिलाई हस्तान्तरण गरेका ती गाई गन्तव्यसम्म भने पुग्न पाउँदैनन्। केही गाई बाटामै बिक्री हुन्छन् भने बाँकी चीनसम्म पुग्छन्।

खार्पुनाथ गाउँपालिका–५ को सिफारिसका आधारमा वीरेन्द्रनगर नगरपालिकाले वीरबलका नाममा गरेको सिफारिसमा कृषि फार्मका लागि चौपाया उपलब्ध गराइदिन भनिएको छ। सोही व्यहोराको सिफारिस कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि गरेको छ। फार्म सञ्चालनका लागि भन्दै नगरपालिकाबाट लगिएका चौपाया वीरबलको समूहले बाटामै विक्री गर्ने बताएको छ। ‘विक्री गर्ने उद्देश्यले नगरपालिकाबाट चौपाया ल्याएका हौं,’ दैलेखको तल्लो डुंगेश्वर पुगेका कामीले नागरिकसँग भने, ‘फार्म सञ्चालन गर्न ल्याएका होइनौं।’

वीरबलले पहिलो पटक चौपायाको कारोबार गरेका हुन्। रामसिंह र मोतिराम कामी उनका व्यावसायिक साझेदार छन्। ुगाउँ पुग्दासम्म न्यूनतम २२ दिन लाग्छ, नगरपालिकाले ५० हजार रुपैयाँ मात्र दिएको छ,’ उनले भने, ‘बाटामै विक्री गरेर खर्च पनि निकाल्नु प(यो नि।’ उनले चौपाया व्यापार पहिलो भएकाले आफूहरूसँग खासै अनुभव नभएको बताए। ‘गाउँमा अरूले पनि तराईबाट चौपाया ल्याई चीनको सिमानासम्म पु(याएर बिक्री गर्ने गरेका छन्,’ उनले भने, ‘हामी पनि विक्री गर्दै जान्छौं, कहाँ पुग्दासम्म सकिन्छन्, थाहा छैन्।’ निःशुल्क चौपाया पाइएकाले थोरै रकममा पनि विक्री गर्ने योजना रहेको उनको भनाइ छ। (नागरिक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्