Logo

६० वर्ष नाघेका कोरोना भाइरस संक्रमितलाई एचआइभीविरुद्धको ओषधी प्रयोगको अनुमति



एजेन्सी, ५ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणको अति जोखिममा परेका ६० वर्ष माथिका नागरिकलाई एचआइभीविरुद्धको औषधी प्रयोगको अनुमति दिइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले आजबाट त्यस्तो अनुमति दिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट तीनजना विरामीको मृत्यु भएकोमा सबै ६० वर्ष नाघेका भएपछि एचआइभीविरुद्धको औषधी प्रयोगको अनुमति दिइएको विषय इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । यसअघि भारतमा दुईजना इटालीका पर्यटकमा यस्तो औषधीको प्रयोग गरिएको थियो । उनीहरु ६९ र ७० वर्षका पति पत्नी थिए ।

यसैगरी, भारतले अफगानिस्तान, फिलिपिन्स र मलेशियाका यात्रुलाई यात्रा बन्देज गरेको छ । यसअघि सोमबार नै युरोपेली युनीयन, टर्की र बेलायतमा समेत यात्रा बन्देज गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्