काठमाडौं, ५ चैत्र । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको र उक्त बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल उपस्थिति भएका छैनन् ।
पार्टीको कार्यक्रममा नेता नेपाल काठमाडौंबाहिर रहेकोले आजको बैठकमा उपस्थिति नभएको स्रोतको दाबी छ । आजको बैठकमा राजनीतिक एजेण्डाभन्दा पनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बचाउनेबारे छलफल हुने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएर निवास फर्किएपछि नेकपा सचिवालयको बैठक पहिलोपटक बसेको हो । आजको बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेका हुन् । file photo