वायु प्रदुषणले बालबालिकाहरुको शारीरीक र मानसिक स्वास्थ्यमा निकै खतरा हुने अध्ययनमा देखिएको छ । पुरै विश्वमा नै यस्तो स्थिती पछिल्लो पटक देखिएको हो । ट्राफिकबाट हुने प्रदुषण यसको ठुलो कारण हो । १२ वर्षसम्मका बच्चाहरुमा ट्राफिक प्रदुषणले शारीरीक र मानसिक स्वास्थमा निकै असर देखिएको छ ।
अमेरिकामा गरिएको एक अध्ययनमा १२ वर्ष बच्चाहरुलाई मानसिक विकासमा परिर्वतन भई मस्तिष्कका एमआरआई स्कैन गरेको थियो । यसबाट हामीले लिने सास र मस्तिष्कको विकासमा प्रभावित पार्ने देखिएको थियो ।
यातायात सम्बन्धि वायु प्रदुषण मोटर वाहनको उत्र्सजनबाट हुन्छ । यसमा इन्धन जलबाट उत्पन्न हुन्छ । यसको समस्याबाट धेरै गर्भवती महिला र बालबालिकाको विकासमा नराम्रो प्रभाव पार्छ ।
ट्राफिक प्रदुषणबाट कसरी बच्ने
प्रदुषण धेरै भएको स्थानमा बच्चाहरुलाई खेल्न नपठाउने
बाहिर खेल्न नै भए घरको वरपर नै पार्क बनाइदिने
बाहिर जानै परे माक्सको प्रयोग गर्ने
बच्चाहरुको मुख र नाकमा रुमाल वा कपडा लगाएर खेल्न लगाउने
बच्चाहरुलाई ए.टीआक्सीडेन्ट युक्त जस्ता फल र तरकारी खाना दिने
विद्यालय पठाउने बाटो सम्भव भएसम्म परिर्वतन गरिदिने