पेटको तल्लो भागमा रहेको नशा फैलिएर फुलेमा धेरै दुख्ने गर्छ । जसलाई पेल्विक वेन इनकम्पेटेंस वा पेल्विक वेनस इंसफिशिएंशी भनिन्छ । यो समस्या हुँदा बिहान दुखाई महसुस नै हुँदैन तर लगातार काम गरिरहँदा नशामा दबाब बढ्दा रातमा धेरै दुख्ने हुन्छ । उत्तानो परेर सुत्दा दुखाई कम हुन्छ ।
महिलालाई दुखाईको सम्भावना
हरेक दिन तीनमा एक महिलालाई कुनै पनि उमेरमा पेल्विक पेनबाट पीडित हुने गर्छन । महिलाहरुको उमेरमा अधिकतम २०–४५ वर्षमा गर्भवती भइसकेका हरुलाई हुने गरेको छ ।
जोखिम र लक्षण
उक्त उमेरमा यस्तो लक्षण देखापर्नु एक महत्वपुर्ण काराण हो । पेटको तल्लो भागमा धेरै समससम्म दुखाई हुनु गम्भीर समस्या निम्तन सक्छ ।
केहि पटक महिलाको खुट्टामा भारीपन हुने गर्छ ।
कब्जियत
टाउको दुख्नु
थकान महसुस हुनु
कोहीलाई महिनावारी हुँदा लामो समयसम्म बस्दा समस्या बढ्ने
यदि दुखाई लगातार ६ महिना सम्म रहिरहे पीसीएसको आशंका
कारण
हालसम्म कुनै कारण स्पस्ट भएको छैन । शारीरीक संरचना, हर्मोनको स्तरमा कुनै प्रकारका गडबडी, पेट वा जनेनिन्द्रहरुमा भएको शल्यक्रिया आदी कारण हुनसक्छन् ।
रोग कसरी पत्ता लगाउने
धेरै समस्याहरु शारीरीक एक्जामिशन वा अल्ट्रासाउन्ड बाट पत्ता लगाइन्छ । यसमा सिटी ,स्कान, एमआरआई, पेल्विक एक्जाम, एक्सरे आदी गर्दा यो रोग पत्ता लाग्ने गर्छ ।
यसको उपचार
ओवेरियन वेन एमबोलाइजेशन नन सर्जिकल प्रक्रिया हो । जसमा खराब नशालाई बन्द गरिदिन्छ ताकी रगत जम्मा होस् । यसपछि अलिअलि दुखाई भएपनि पछि ठिक हुन्छ । यो रगत रोक्ने तरिका हो जसले अस्पतालमा बस्नु पर्दैन ।