यो रोग न्युरोलाजिकल वा नशासँग जोडिएको समस्या हो । केन्द्रिय तन्त्रमा केही नोक्सान नभएसम्म यो रोग लागेको कुने पत्तो नै हुँदैन । यसमा मस्तिष्क, मस्तिष्कको पछाडीको भाग(ब्रेन स्टेम) र मेरुदण्डको हड्डी शामिल भएको हुन्छ ।
रोग पत्ता लगाउँने बिषेश टेस्ट उपलब्ध नभएका कारण सीपीएसको उपचार गर्नू मुस्किल हनसक्छ । यो रोगको चपेटामा निम्न रोग भएका मानिसहरुलाई यो समस्या हुन्छ ।
- स्ट्रोक
- मल्टीपल स्क्लेरोसिस
- पार्किन्सस रोग
- ब्रेन ट्युमर
- सर्जरीको माध्यमबाट अंग अंग फरक गर्ने
- मस्तिष्कको चोट वा मेरुदण्डको हड्डी मा चोट भएका
यसका लक्षण
यस रोगको लक्षण हरेका व्यक्तिमा फरक फरक हुने गर्छ । यो लक्षण कुनै चाृेट र अन्य स्थितीको तुरुन्त देखिहाल्छ भने यो समस्या पुरै तरह विकसित हुनमा महिना वा वर्ष पनि लाग्न सक्छ ।
सीपीएस बाट ग्रस्त मानिसहरुले यी विभिन्न प्रकारका दुखाई महसुस गर्ने गर्छन् ।
- सामान्य दुखाई
- पोल्नुको साथै दुखाई
- बेस्सरी दुखाई
- महसुस नै नहुनु
- कपडा बदल्ने समय, कम्बल ओढ्ने समय वा हावामो सम्र्पकमा आउँदा दुखाई बढ्ने सक्छ ।
कारण
- मस्तिष्कबाट रगत निक्लने
- धमनीको कुनै भाग कमजोर हुनाले
- मेरुदण्डमा लागेको चोटले
- मस्तिष्कको चोट
- मिर्गी
- मस्तिष्क वा मेरुदण्डको शल्यक्रिया
उपचार
सीपीएसको कुनै उपचार नै छैन, तर यसको बारेमा सोधखोज भइरहेको छ । डाक्टरहरुले यसलाई नियन्त्रण गर्नको लागि पेन किलर, एंटीडिप्रेसेट्स र मिर्गी औषधीले केही राहत प्रदान गर्न मद्दत गर्न सक्छ ।
- एमिट्रिप्टीलिन
- डुलोक्सेटीन
- गबापेंटिन
- कार्बमेजपाइन
- टोपिरामेट
सेन्ट्रल पेन सिड्रोमको जोखिम ः सीपीएस एक दर्दनाक स्थिती हो । यसका कारण दैनिक गर्ने काम काजमा नै अफ्ठेरो हुन्छ । केही मानिसहरुमा भावनात्मक समस्यासहित अन्य जटिलता पनि हुन सक्छ । जस्तो तनाव, चिन्ता, थकान, निन्द्रामा आउने समस्या, व्यवहारमा आउँने परिर्वतन, रिसाउने, छुट्टै बस्ने र आत्महत्या गर्ने सोच आउने ।