Logo

आज २०७६ चैत्र ६ गते बिहीबारको राशिफल



काठमाडौं, ६ चैत्र । आज श्री शाके १९४१ बि.स.२०७६ साल चैत्र ६ गते बिहिबार इश्वी सन २०२० मार्च १९ तारीख चैत्र कृष्णपक्ष दशमी तिथी प्रातः ०७ः३९ बजे सम्म पश्चात एकादशी तिथी उत्तरषाढा नक्षत्र परिघ योग वणिज बव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा सौम्य योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भुमि तथा वाहनसम्बन्धी समस्याले सताउनेछ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ । साथै, सामान्य अपजस खेप्नु पर्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अपरिचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट साहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । व्यापार–ब्यवसाय मध्यम रहला । साझेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेकोछ । मानसिक चञ्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । आर्थीक क्षेत्र मध्यम रहनेछ । दाजुभाई तथा मित्रजनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अध्यन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौद्धिक ब्यत्तित्व हरुको साथ र सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक स्रोत र साधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ । ब्यापार–ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नुपर्ला । स्वास्थसम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिक आत्मबिश्वास तथा घमण्डका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ) खानपानको गडबढीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारिवारका सदस्यहरुमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । आयआर्जनको क्षेत्र मध्यम रहनेछ । जीबन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शुभचिन्तकहरुको साथ सहयोगमा आर्थीक क्षेत्र सबल बन्नेछ । भोजभतेर जन्य कार्यमा सहभागिताको योग बन्नेछ । बिद्या तथा सन्तान सुुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परिश्रम गर्नुपर्न सक्छ । बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्