Logo

युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति



प्रभात सिंह । सन् २०१९ को डिसेम्बरको अन्ततिर चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारी बनेको छ । अब यो सँसारको सबैजसो मुलुकमा प्रवेश गरिसकेको छ । कतिपय देशहरु लकडाउन छन् । आर्थिक गतिविधि ठप्प छ । हजारौंको ज्यान गइसकेको छ भने लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

विश्व नै कोरोना भाइरससँग नियमित रुपमा लडिरहेको छ । नयाँ किसिमको भाइरस विश्वमा देखा पर्दा यसको संक्रमण कस्ता प्रकारका मानिसमा देखा पर्छ भन्ने विषय अझै प्रष्ट भइसकेको छैन् । यो कसरी उत्पत्ति भयो भन्ने अझै पुष्टि भइसकेको छैन । यसविरुद्धको औषधी र खोप निर्माणको अध्ययन अनुसन्धान चलिरहेको छ ।

युरोप र अमेरिकामा भाइरसको संक्रमण अत्याधिक मात्रामा देखा परेको छ । युरोप र अमेरिकामा कोरोना भाइरसबारे भएको अनुसन्धानले यसको संक्रमणबाट युवाहरु बाँच्न सक्ने सम्भावना देखाएको छ । युवाहरुमा रोग प्रतिरोधात्मक क्षमता यसै पनि बढी हुन्छ ।

वैज्ञानिक समेत रहेका उताह विश्वविद्यालयका सहप्राध्यापक क्लिमेन्ट चाओ कोरोना भाइरसबाट संक्रमित भए । तर, कोरोना भाइरससंग लड्न युवाहरुमा पनि जति प्रतिरोधात्मक प्रणाली आवश्यक पर्ने हो त्यति नभएको बताए । युवासमेतलाई उक्त भाइरसको जोखिम सिर्जना हुन सक्ने उनको भनाईले देखाएको छ । यसैले उनले सावधानीपूर्वक बस्न युवाहरुलाई भनेका छन् ।

चीनमा कोरोना संक्रमित मानिसको आयु मापन गर्दा बृद्व अवस्थामा रहेका मानिस निकै जोखिममा रहेको जनाइएको थियो । तर, २० वर्ष भन्दामाथि र ५० भन्दा तल उमेरको मानिसहरु ज्वरोको कारण सिकिस्त विरामी हुने गरेको वैज्ञानिकहरुले जनाएका थिए । इटली र फ्रन्समा गरिएको अनसन्धानका अनुसार ती युवाहरु मध्ये कतिपय मानिसलाई आइसियुमा समेत राख्नुपर्ने अवस्था थियो । संक्रमणमा परेको मानिसमा उपचार नगराइ घरमै बसेको कारण उनमा समस्या देखा परेको छ ।

युरोपको सबैभन्दा अत्याधिक कोरोनाको असर परेका ठाउँ इटली हो । इटलीमा कोरोना संक्रमणको संख्या ३५ हजार पुगेको छ । भाइरसको संक्रमणमा पर्ने मानिसको उमेर १९ र ५० अत्याधिक देखिएको स्टाटिका नामक बेवसाइटले जनाएको छ । त्यसैगरी अमेरिकामा समेत ९ हजार कोरोना संक्रमित मानिस मध्ये २० देखि ४४ उमेरका मासिनहरु धेरै देखा परेको रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएको छ । यसमध्ये १५ देखि २० प्रतिशत मानिसलाई अस्पतालमै राखी उपचार भइरहेको छ भने ४ प्रतिशत मानिसलाई आइसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।

उताह विश्वविद्यालयका सबैभन्दा कान्छा सहप्राध्यापक क्लिमेन्ट चाओ युवाले भनेका छन्, म आइसियुमा रहेपनि कममा छु । उनले उक्त भाइरस नयाँ भएको कारण यसबारे थाहा नभएको बताए । चाओको ट्वीटर पोस्ट अनुसार निरन्तर केही दिनसम्म तल्लो तहको ज्वरो आएको र कडा खोकी देखापरेपछि आफ्नो श्वासप्रस्वासमा समस्या आएको अनुभव सुनाए ।

यो सत्य हो कि ४० भन्दामाथि उमेरका मानिसहरु अत्याधिक जोखिमपूर्ण अवस्थामा रहेको छ । ८५ उमेर कटेका कोरोना संक्रमित मानिस एक सय४४ जना रहेको छ । त्यसमध्येलाई ७० प्रतिशत अस्पतालमै राखेर उपचार भइरहेको छ भने २९ प्रतिशतलाई आइसियुमा राखिएको छ । युवा पुस्तालाई लपरवाही ढंगले जस्तै पार्टी, भीडभाँड, साथीहरुसंग वाहिरजाने र नाइट क्लबसमेतमा नजान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आग्रह गरेका छन् । उनले सम्पूर्ण विद्यालय, हाई स्कुलसमेत जमातमा कोरोना भाइरसको नियन्त्रण गर्न बन्द गरिएको छ र सम्पूर्ण विद्यालयका विद्यार्थीरुलाई घरमै बस्न आग्रह समेत गरेका छन् । उक्त समयमा न्जान बचाउन महत्वपूर्ण रहेको कारण समपूर्ण कार्यविधि ठप्प गरेको ह्वाइट हाउसले जनाएको छ ।

सम्पूर्ण नागरिकलाई आफ्नै घरमा बस्न आग्रह समेत अमेरिकन सरकारले गरेको छ । एलर्जी र संक्रमण रोगका राष्ट्रिय संस्थानको प्रमुख एनथोनी फाउचीले चीन र इटली लगायत अमेरिका समेतमा फैलिएको कोरोना भाइरस अत्याधिक घातक रहेको जनाएका छन् । साथै युवालाई आफ्नो स्वास्थ्यलाई सर्वप्रधम ध्यान दिई आफुन्दा बढी उमेरका मानिस समेतलाई सहयोग गर्न आग्रह गरेका छन् । सबै मानिसहरुको प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ । युवाहरुलाई सतर्कता अपनाए उक्त भाइरसको जोखिमबाट बच्न सक्ने अनुमान वैज्ञानिकहरुले लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्