Logo

विदेशमा रहेका नेपालीलाई पनि आगमन प्रतिबन्ध, उतै बस्नुपर्ने



काठमाडौं, ६ चैत्र । सरकारले शुक्रबार मध्यरातिबाट लागू हुनेगरी युरापेली मुलुक, दक्षिण कोरिया, टर्की जापान, मलेशिया, खाडीका छ मुलुक गरी ५४ देशसँगको आवागमन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध १५ अप्रिलसमम् हुनेछ । अब शुक्रबार मध्यरातिसम्म विदेशमा भएका नेपाली आउन पाउनेछन् । त्यसपछि के हुन्छ ?

यसको उत्तर सरकारले दिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोनासम्बन्धी उच्चस्तरीय समितिका प्रवक्ता नारायण बिडारीले प्रतिबन्ध अवधिभर नेपाली नागरिक पनि विदेशबाट स्वदेश फर्कन नपाउने बताएका छन् । उनले त्यतिञ्जेल उक्त देशमै बस्न आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणको अवस्था हेरेर प्रतिबन्ध खुकुलो गर्ने या खुल्ने निर्णय लिने समेत बताए । प्रतिबन्ध थप्ने या खोल्ने विषय संक्रमणलाई हेरेर हुने उनको भनाई थियो ।

वैदेशिक रोजगारीमा गएका नेपालीहरु समस्यामा पर्ने भएका छन् । उनीहरुमध्ये कतिपयलाई कम्पनिले बिदा दिएको अवस्था छ । कतिपयको भीसा अवधि सकिन लागेको छ । भीसा अवधि सकिएपनि कोरोनाका कारण जान सक्ने अवस्था बन्दैन ।



प्रतिक्रिया दिनुहोस्