काठमाडौ, ६ चैत्र । नेपाल कम्युनिस्ट पार्टी भित्र अहिले मुख्य रुपमा तीन त्रिपक्षिय शक्ति समिकरण रहेको तथ्यलाई कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन । केन्द्रिय कमिटीदेखि हुँदै स्थानिय तहसम्म नेता नेपालको शक्ति अध्यक्षद्वयकै हाराहारीमा छ ।
नेकपा एकिकरणअघि तत्कालिन एमालेमा हाराहारीकै शक्ति सन्तुलन रहेकोमा एकिकरणपछि कायम शक्तिसन्तुलनमा नेपालको पक्षमा नेताहरु खुल्दै जाने क्रमले ओली र प्रचण्डकै हाराहारी हुँदै समीकरण वरिष्ठ नेता नेपालको पक्षमा भारी हुने वातावरण बन्ने संकेत पनि देखिदै गएको छ । यद्यपि, अहिलेको अवस्थामा एउटा पक्ष अर्कोमा मिल्नेबित्तिकै बाँकी पक्ष स्वत अल्पमतमा पर्छ ।
खासगरी सभामुख चयन हुँदै उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय सम्म आइपुग्दा अध्यक्ष ओलीका हकमा पनि त्यही अल्पमतको अवस्था देखिएको छ । यद्यपि, नेपालबाहेक अध्यक्ष ओली वा प्रचण्डले पार्टी निर्णयमा नोट अफ डिसेन्ट लेखेका छैनन् । मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही समय आराम लिनुपर्ने अवस्थामा पनि अर्का अध्यक्ष प्रचण्ड पार्टीमा विश्वास जितेर सन्तुलित भुमिकासहित प्रस्तुत हुन सकेका छैनन् ।-बुधबार साप्ताहिकबाट