Logo

कारोनालाई देखाएर श्रमिक कटौति गर्ने प्रवृत्ति तत्काल रोक्न माग



काठमाडौं, ६ चैत्र । नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले कोरोना भाइरसको संक्रमणलाई देखाएर श्रमिक कटौती गर्ने अवस्थालाई रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बिहीबार सिंहदरबारमा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ नेतृत्वको एक टोलीले उपप्रधानमन्त्री एवं कोरोना रोकथाम उच्चस्तरिय समितिका संयोजक इश्वर पोखरेललाई ११ बुँदे सुझाव ज्ञापन पत्र बुझाउदै अहिले कारोनालाई देखाएर श्रमिक कटौति गर्ने प्रवृती देखिएको भन्दै यसलाई तत्काल रोक्न ध्यानाकर्षण गराएको हो ।

जिफन्टले श्रमिकलाई कामबाट निकाल्ने, पारिश्रमिक नदिने र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोक्ने कम्पनीको सेवा सुविधानमा रोक्नुपर्नेमा पनि जोड दिएको छ ।

त्यस्तै श्रमिमको स्वास्थ्यको सुरक्षाको पूर्ण प्रत्याभूत गर्नुपर्ने, नागरिकको स्वास्थ्यबीमा गर्दा ५० प्रतिशत राज्यले थप गर्नुपर्ने लगाएतका सुझाव जिफन्टको छ । त्यस्तै नेपालबाहिर रहेको नेपाली श्रमिकहरुको समस्या कुटनीतिक माध्यमबाट समधान गर्न पनि सुझाव दिइएको जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए।

सुझाव पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले जिफन्टले अघि सारेका मागहरुका बारेमा आफुले छलफ गर्ने आश्वासन दिए। उनले कोरोना नियन्त्रणका लागि सरकारले सम्पूर्ण ध्यान केन्द्रीत गरेको पनि बताए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्