Logo

रंगहीनता वंशाणुगत समस्या



रंगहीनताबाट ग्रसित व्यक्ति देखेमा पनि सजिलै पत्ता लगाउन सकिन्छ । सेतो कपाल, पहेलो छाला र आँखाको रंग हल्का नीलो, पहेलो, खैरो, ग्रे देखिन्छ । एल्बिनिज्मबाट ग्रस्त मानिसहरु उज्यालोमा असंवेदनशिल हुन्छन् र धेरै चर्को उज्यालोबाट बचाउने कोशिश गर्दछन् ।

रंगहीनता एक प्रकारको वंशाणुगत समस्या हो । यो धेरै ठाउँमा देखिएको छ । यो छाला सम्बन्धि बिकार हो, जसका कारण छाला, आँखा र कपालको पुरै भाग रंगहीन हुन्छ । देखिएका सबै समस्या रंगहीनता हुन् । यो समस्या जो कसैलाई पनि हुन सक्छ, तर यसको सम्बन्धमा कनै क्षेत्रमा कम र कुनै क्षेत्रमा बढी देखिने हुन्छ । यसले महिला र पुरुष, सबै समुदाय र जातीमा समान रुपमा प्रभावित गर्न सक्छ । आँखा सम्बन्धि केही नशाको निर्माण गर्न मेलेनिनको आवश्यकता पर्छ, यसैले रंगहीनताको कारण आँखा सामान्य रुपमा विकास हुन सक्दैन र देख्ने क्षमतामा पनि प्रभावित हुने गर्छ । तपाईको शरीरमा भएको मेलेनिनको प्रकार वा मात्राको अनुसार तपाईको कपाल, छाला र आँखाको रंग निर्धारित हुन्छ ।

रंगहीनता एक यस्तो विकार हो, जसको लागि धेरै उपचार उपलब्ध छैन । आँखा र छालाको पुरै तरह बाट हेरचाह गर्नु आवश्यक हुन्छ । एल्बिनिज्मबाट ग्रस्त व्यक्तिको नियमित रुपमा आफ्नो आँखा जाँच गराउनु पर्छ, आवश्यक परे चश्मा लगाउनुपर्छ । यसबाट पिडीत व्यक्तिहरुले स्क्रिन क्यान्सरबाट बच्नका नियमित रुपमा आफ्नो छाला जाँच गराइराख्नु पर्छ । आँखा सम्बन्धि समस्याहरु रंगहीनताको मुख्य लक्षण मानिएको छ ।

रंगहीनताको उपचार

एल्बिनिज्मबाट कसरी बच्ने ?

यदि घरमा परिवारमा पहिल्यै कसैलाई रंगहीनता भइसकेको भएमा तपाईको बच्चा पनि रंगहीनता हुन्छ । जेनेटिक काउन्सुलरले आनुवंशीक स्थिती सम्बन्धि जानकारी दिएर सहयोग गर्दछन् ।

यसको रोकथाम गर्ने कुनै तरिका नै छैन, यो अनुवंशिक विकार हो । रंगहीनता विकारले छालाको रगत प्रभावित हुने गर्छ । यस्तो समस्या भएका व्यक्तिले गोलो टोपी र सनस्क्रिन लगाउनु उचित हुन्छ । साथै घामबाट पनि बच्नुपर्दछ ताकी छाला सम्बन्धि क्यान्सर र सनर्बन जस्ता समस्याबाट बच्न सकिन्छ ।

घामबाट टाढा रहने

पराबैजनी किरणबाट बच्ने चश्मा लगाउने

घाम वा युवी किरणबाट बच्ने खालको कपडा लगाउने

घामबाट जोगिन सनस्क्रिन लगाउने



प्रतिक्रिया दिनुहोस्