Logo

भिओआईपी कल बाईपासमा संलग्न भारतीय नागरिक पक्राउ



काठमाडौं, ६ चैत्र । अवैध अन्तर्रािष्ट्रय एसएमएस बाईपासमा संलग्न भारतीय नागरिक प्रशान्त साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अवैध अन्तर्रािष्ट्रय एसएमएस बाईपासमा संलग्न काठमाडौं महानगरपालिका नरदेबीमा डेरा गरी बस्ने भारत पश्चिम बंगालका ३५ वर्षीय साहलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई उपकरण राखी गैरकानूनी रुपमा अन्तर्रा्ष्ट्रिय एसएमएस बाईपास संचालन भइरहेको छ भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले साहले एसएमएस बाईपास गरिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

साहको साथबाट ६४ पोर्टको जिओआईपी गेटवे २ थान, राउटर २ थान, ल्यापटप १ थान, ब्याट्री १ थान, इन्भर्टर १ थान, गेटवेको एडप्टर २ थान, नेपाल टेलिकम तथा एनसेलको सिमकार्ड २१५ थान, मोबाइल ६ थान, साहको राहदानी लगायत एसएमएस बाईपासमा प्रयोग हुने बिभिन्न तार लगायतका सामाग्री प्रहरीले बरामद गरेको छ ।

विगतमा हुने अवैध अन्तराष्ट्रिय भिओआईपी कल बाईपास गर्ने गरेकोमा प्रहरीको सकृयतामा अपरेशन हुने गरेकोले पछिल्लो समयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर नेपालमा पहिलो पटक एसएमएस बाईपास गरी नयाँ तरिका अपनाएको, साहले भिओआईपीमा प्रयोग गरिने सम्पूर्ण उपकरण भारतदेखि आफैले लिएर आएको, यसका लागि आवश्यक सिम कार्ड र रिचार्ज कार्ड आफै विभिन्न पसलहरुमा गई बिना कागजात बढी रकम दिई लिने गरेको, अनलाइन मार्फत सम्पर्क गरी वल्ड लिंकको ईन्टरनेट प्रयोग गरेको,साह घुम्ने र व्यापार गर्ने प्रयोजनका लागि भनी पटक पटक नेपाल आउ जाउ गर्ने गरेको, आफैले अन्र्तराष्ट्रिय क्यारीयर सँग प्रत्यक्ष सम्पर्क गरी एसएमएस सीम बक्स फ्रड एसएमएस बाइपास गर्ने गरेको र अन्य व्यक्तिहरुको प्रयोग नगरी आफैले गोप्य रुपमा सम्पूर्ण काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आएको छ । साह उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्