Logo

१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, तीन युवा पक्राउ



काठमाडौं, ६ चैत । १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारको अभियोगमा तीनजनालाई प्रहरीले चन्द्रागिरी नगरपालिका १५ तीनथानाबाट मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिकाका संजय घर्तीमगर, सिन्धुली सुनकोशीका पासाङ तामाङ र रामेछाप गोकुलगंगाका कपिल खड्का रहेका छन् । उनीहरुले सोही ठाउँस्थित सडक किनारामा पार्किंङ गरी राखेको ना.३ ख ६९४ नम्बरको ट्रकमा लगी ती किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्