Logo

कोरोनाको कहर : संकटकाल घोषणा गर्नेबारे प्रधानमन्त्री ओली परामर्शमा



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले त केही समयको लागि संकटकाल घोषणा गरेर भएपनि अघि बढ्नेकि भन्ने तयारी थालेको बुझिएको छ । बढिमा तीन महिनासम्म संकटकाल घोषणा गर्ने सरकारको योजना छ । सम्पूर्ण उद्योग, कलकारखाना र व्यवसायमा कोरोनाको प्रभाव परिसकेकोले यदि भोलिका दिनमा संकटकाल घोषणा गरिए उक्त अवधिभर बैंकका ब्याज मिनाहा गर्ने र तीन महिनाको घरबहाल मिनाह गर्ने प्रधानमन्त्री ओलीको योजना छ । यसको लागि उनले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्शसमेत थालेका छन् ।

प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा आजबाट सुरु हुने एसईईलगायत सबै तहका परीक्षा स्थगित् भएको हो । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त परीक्षा नरोक्ने तयारी गरेको थियो । विश्वव्यापी रुपमा महामारीका रुपमा कोरोना फैलिएको र विकसित देशहरु कोरोनासँग लडिरहेको सुनाउँदै प्रधानमन्त्री ओलीले यस्तो अवस्थामा परीक्षा नरोके भयावह अवस्था आउनसक्ने खतरा औंल्याएका थिए ।

प्रधानमन्त्री ओलीले समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर झपारेका थिए । कोरोनाको संक्रमणबाट जोगिनको लागि सबै तहका परीक्षा रोक्नको लागि अभिभावकहरुले प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए ।

स्रोतले भन्यो, “भिभावकहरुबाटै प्रधानमन्त्री ओलीलाई ठूलो दबाब आएको थियो, त्यहीभएर एसईई परीक्षा स्थगित् भएको हो । नत्र परीक्षा सुचारु गर्ने तयारी थियो । अभिभावकबाट दबाब आयो ।” कोरोनाको प्रभाव विश्वव्यापी रुपमा नै फैलिईसकेकोले नेपालले पूर्वतयारी गरिरहेको सरकारी अधिकारीहरुको भनाई छ । file photo



प्रतिक्रिया दिनुहोस्