Logo

पुरुषको शरीर भित्र शुक्राणु कसरी बन्छ



महिलाको शरीरमा हरेक महिना एक अन्डा परिपक्व बन्ने गर्छ । पुरुषको शरीरमा लगभग निरन्तर काम गरीरहन्छ र लाखौ लाख साना शुक्राणुको उत्पादन गर्छ । हरेक शुक्राणुको एकमात्र उद्देश्य डिम्बलाई पर्खिरहेका हुन्छन् ।

शुरुवातबाट अन्तिमसम्म नयाँ शुक्राणु कोशिका बन्नलाई करिब १० हप्ताको समय लाग्छ । एक औसत शुक्राणु पुरुषको शरीरमा केवल केही हप्तासम्म जीवीत रहन्छ । हरेक पटक वीर्यपातको साथमा कम्तीमा पनि चार करोड शुक्राणु बाहिर निस्कने गर्छ । यसका अर्थ पुरुषको आफ्नो वयस्क जीवनमा नियमित शुक्राणुको उत्पादन गरिरहन्छ ।

जुन हर्मोनले महिलाको ओभुलेशनको नियन्त्रण गर्दछ, उसले नै पुरुषको टेस्टोस्टीरोन बन्ने प्रक्रियाको उत्तेजित गर्दछ । टेस्टोस्टीरोन हर्मोन पुरुषको शुक्राणुको उत्पादनमा जिम्मेवार हुन्छ । शुक्राणुको उत्पादन वीर्यकोषमा शुरु हुन्छ । वीर्यकोष, ,लिंगको तल अन्डकोषीय थैलिमा दुई ग्रन्थी हुन्छ । वीर्यकोष शरीरको बाहिर झुन्डिएको हुन्छ । कुशलतापुर्वक स्वस्थ शुक्राणुको उत्पादनको लागि ३४ डिग्री सेल्सियसको तापमानमा रहन आवश्यक हुन्छ । यो शरीरको सामान्य तापमानबाट करीब चार डिग्री धेरै चिसो हुन्छ ।

एक पटक शुक्राणु बन्नको लागि दुई वीर्यकोषको अधिवृषणमा संग्रहित हने गर्छ । यहाँ ५ मिटर लामो नलि हुन्छ । वीर्यपातबाट बिल्कुल पहिलो शुक्राणु माथीबाट आएर वीर्यमा जोडिन्छ ।

लाखौ शुक्राणुको उत्पादन र वीर्यपातको साथमा आएर केवल एक शुक्राणुहरु हरेक अन्डाको निषेचित गर्न सक्छन् । तपाईको शिशुको लिंग कस्तो छ त्यसमा निर्भर गर्दछ । तपाईको कुन शुक्राणु पहिला डिम्बसँग मिल्ने गर्छ । वाई ९थ्० शुक्राणु गुणसुत्रले छोरा र एक्स ९ह्० शुक्राणु गुणसुत्रले छोरीको जन्म हुन्छ ।

जसले छोरा वा छारीको जन्म गर्भाधान गर्ने यस्ता धेरै मिथ्यहरु प्रचलित छन ।यसबाट कहि थोरै वैज्ञानिक प्रमाण हुनसक्छ तर सबै जुधाएर शिशुको लिंग निर्धारण योजनाबद्ध हुन सक्दैन । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्