Logo

शरीरमा बोसो किन चाहिन्छ



शरीरको उचित कार्यको लागि वोसो आवश्यक हुन्छ । वोसो आवश्यक फैटी एसिड प्रदान गर्दछ, जुन शरीरबाट बन्दैन । यहि फैटी एसिड हाम्रो भोजनको माध्यमबाट प्राप्त हुन्छ । हाम्रो लागि लिनोलीइक र लिनोलेनिक फैटी एसिड आवश्यक हुन्छ । यहि फैटी एसिड सुन्निन नियन्त्रण गर्छ । रगत जमायन र मस्तिष्कको विकासको लागि महत्वपुर्ण हुन्छ ।

फैट शरीरमा अतिरिक्त क्यालोरी राख्ने काम गर्छ । वोसो उर्जाको श्रोतको लागि धेरै महत्वपुर्ण हुन्छ । जब हामी व्यायाम गर्छौ, उक्त समय हाम्रो शरीरमा काब्रोहाइड्रेटबाट बनेको क्यालोरीलाई प्रयोग गर्छ, व्यायाम शुरु गरेको करीब २० मिनेट पछि हाम्रो शरीरमा फैटको क्यालोरीमाथी निर्भर हुने गर्छ ।

बोसोले हाम्रो कपाल र छालाको स्वस्थ राख्नलाई पनि मद्दत गर्दछ । वोसो हाम्रो रगतबाट भिटामिन ए, भिटामिन डि, भिटामिन ई र भिटामिन के लाई अवशोषित गरेर र रगतमा उसलाई परिसंचरण गर्नमा मद्दत गर्दछ ।



प्रतिक्रिया दिनुहोस्