Logo

पूर्वमन्त्री गोकुल बाँस्कोटोका घरमा बम बिष्फोटन गराउने तीन पक्राउ



काठमाडौं, ७ चैत्र । बम बिष्फोटन घटनामा संलग्न रहेको अभियोगमा तीन जनालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । भक्तपुर लोकन्थली स्थित पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा गत फागुन २८ गते बम बिष्फोटन भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कैलाली भजनी नगरपालिकाका अमृत बहादुर कुमाल क्षेत्री, कैलाली टिकापुर नगरपालिका लक्ष्मण सेट्टी र कालिकोट सान्नी त्रिवेणी गाउँपालिका बस्ने अभिषेक भन्ने टेक विक रहेका छन् । उनीहरुमध्ये अमृत बहादुर नेकपा (विप्लव) समूहका मध्य कमाण्ड व्युरो सदस्य, लक्ष्मण सेट्टी साधारण सदस्य र टेक विक साधारण कार्यकर्ता रहेको खुल्न आएको छ ।

उनीहरुले घटनामा प्रयोग गरेको प्रदेश ३–०२–००१ प २८३६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाइकल घटनाको योजना सहित अमृत बहादुरले घटनाको अघिल्लो दिन रानीवारीमा ल्याई लक्ष्मण सेट्टीलाई दिएको र घटना घटाउन सोही मोटरसाइकल प्रयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्