Logo

आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जना पक्राउ



भक्तपुर, ७ चैत्र । शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खानिखोलाका भक्तपुर नगरपालिका लोकन्थली बस्नेहरु अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिकाका सुनिता सुब्बा र ताप्लेजुङ तेलोककी एनिहा सुब्बा रहेका छन् ।

बुधबार साँझ भक्तपुर मध्यपुरठिमी मनहरामा बस्ने खोटाङको बिमला राई आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot