काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै ९ चैत्रबाट लागू हुने गरी केही सेवाहरु बन्दको घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमणको खतरालाई दृष्टिगत गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
के खुल्ने
- सरकारी कार्यालयहरु
- अस्पताल
- बैंक तथा वित्तीय संस्थान
- यातायात सेवा (छोटो दुरीको मात्र)
- हवाई सेवा (आन्तरिक मात्र)
- राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा:
डाँक, तार वा टेलिफोन सेवा
जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
सञ्चार सेवा
आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
खानेपानीको सञ्चालन तथा वितरण सेवा
पर्यटन आवास, मोटल, होटल रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा विक्री वितरणसम्बन्धी सेवा
अस्पताल, स्वास्थय केन्द्र र औषधी निर्माण तथा विक्री वितरणसम्बन्धी सेवा
फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
के बन्द हुने
- शैक्षिक संघ संस्था
- खेलस्थल
- सिनेमा हल
- चिडियाघर
- लामो दुरीको यातायात सेवा
- अन्तर्राष्ट्रिय हवाई सेवा