काठमाडौं, ८ चैत्र । विराटनगरमा विगत ३ वर्ष देखि समाज सेवाको लागि अहोरात्र खट्ने र फोहोर व्यवस्थापन र।सरसफाईको क्षेत्रमा क्रान्ति ल्याउने सस्था परिवर्तनका लागि हातेमोलोले सरकारको आह्वानलाई ध्यानमा राखि हुलदुङ्गा नगरी विश्वलाई नै संकटमा पारिरहेको नोवेल कोरोना भाईरसबाट कसरी बच्न सकिन्छ भनेर जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
त्यसको निम्ति यसका लक्षण तथा बच्ने उपायहरु सहितको ब्यानर बनाएर बिराटनगर तथा बिराटनगरभन्दा बाहिरका केही स्थानमा ब्यानर झुण्ड्याउने काम गरेको उक्त संस्थाले जनाएको छ । जसमा बिराटनगरको प्रवेशद्वार ढाट, त्यसैगरि विराटनगर १९ नम्बर वडा मिलनचौक त्यस्तै झोराहाट कटहरी गा.पा कटहरी चौक, हाटखोला मा यो जनचेतानामुलक सन्देश झुड्याएको संस्थाका अधक्ष्य बिनोद परियारले जानकारि दिए ।
परियारले भने,‘हामी फरक र चेतनाका निम्ति कुनै भिडभाड नगरि हुलदुङ्गा नगरि समाज लाई आफै यो रोगबाट वचन सकिन्छ भन्ने हिसावले यस्ता खालका अभियान संचालन गरेका हौं ।’ यस्तै आउदा दिनमा पनि समाज र सामाजिक कामलाई निरन्तरता दिने संस्थाका वरिष्ठ उपाध्यक्ष राम पोखरेलले जानकारी गराए ।
ुंसंस्थाका सहसचिव सरोज कोइरालाले सरकारले भीडभाड नगर्नु भनिरहँदा यदाकदा भिडभाड भएको सुनाए । उनले त्यसलाई पनि निरुसात्हित बनाउनलाई र सरकारको सम्मान गर्दै २–४ जनाले पनि जनचेताना फैलाउन सकिन्छ है भन्ने म्यासेस पनि आफूहरुले दिन चाहेको स्पष्ट पारे ।