Logo

आज २०७६ चैत्र ८ गते शनिबारको राशिफल



काठमाडौं, ८ चैत्र । आज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र ८ गते शनिबार इश्वी सन २०२० मार्च २१ तारीख चैत्र कृष्णपक्ष द्वादशी तिथी प्रातः ०९ः०३ बजे सम्म पश्चात त्रयोदशी तिथी धनिष्ठा नक्षत्र सिद्धि योग गर करण चन्द्रमा मकर राशिमा प्रातः०७ः३६ बजे सम्म पश्चात कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु,शनिप्रदोषव्रत ,देउपाटनमा देशोद्वारपूजा,महावारुणीयोग ( ज्यो.प. सरोज घिमिरे)

मेष राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) नयाँ लगानी गर्न उत्तम समय रहेकोछ । मान्यजनहरुको साथसहयोगमा आम्दानी दरिलो बन्नेछ । नयाँ कार्यको थालनीले मनमा उमङ्ग छाउनेछ । अध्यनअध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । पुराना मित्रजनहरुसगँको भेटघाटमा समय ब्यतित रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । गरिरहेको कार्य क्षणिक रुपमा परिर्वतन गर्नुपर्ने समय रहेको छ । शुभ चिन्तकहरुको साथ र सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित हुनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । आय आम्दानीमा बिशिष्ट ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथ र सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नुपर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नुपर्ने समय रहेको छ । शुभचिन्तकहरुको माध्यमबाट आम्दानीका श्रोतहरु सबल तुल्याउन सकिनेछ ।बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्यआर्जनका निम्ति सामान्य यात्रा निम्त्याउने समय रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानी गर्न उत्तम समय रहेकोछ । समयमा गरिएको सही निर्णय उत्तम साबित हुनेछन । जीवनसाथीको साथ तथा सहयोगमा व्यापार तथा व्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।

कन्या राशि ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो (प्रतिष्पार्धजन्य कार्यमा विशेष सजग रहनुहोला । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चञ्लताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आय आम्दानीमा बिशिष्ट ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन–पाठनका निम्ति समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थ्यमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आईपर्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईद्वारा सम्पादित कार्य चर्चायोग्य साबित रहनेछ । सभा तथा सम्मेलनजन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तिको सम्भाबना रहेको छ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार तथा ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा विशेष साबधान रहनुपर्ने समय छ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्षित रहनेछ । प्रिय मित्रजनसगँको भेटघाटले मन हर्षित रहने योग रहेको छ । भोजभतेरजन्य कार्यमा सरिक हुने योग रहेको छ । मित्रजनहरुको साथ र सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने योग रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) स्थिर क्षेत्रमा गरिएको लगानि दिर्घकालीन आम्दानीको स्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । वाणीका कारण सामान्य वादविवादको सामना गर्नुपर्ने समय रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रभाबशाली ब्यत्तित्वको विकास हुनेछ । कार्य सम्पादनमा आँट र साहसको वृद्धि हुने समय रहेकोछ । मित्रजनहरुको साथ तथा सहयोग मनग्य प्राप्त रहनेछ । जीवनसाथीको साथ र सहयोमा नयाँ कार्यको थालनी हुने समय रहेको छ । कार्यसम्पादनमा आएको असहज परिस्थितिहरु सुधारोन्मुख रहनेछन ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पिनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमी नरहला । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । प्रतिष्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्