Logo

सरकारी कार्यालय खुल्लै रहन्छन्- डा. विकास देवकोटा, प्रवक्ता स्वास्थ्य मन्त्रालय



काठमाडौं, ९ चैत्र । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले कडा कदम चालेको बताएका छन् । देशमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै आवश्यक तयारी गरिएको बताए । देवकोटासँग ऋषि धमलाले गरेको कुराकानीः
मुलुक लकडाउनमा गएको हो ?
यो संक्रमण नेपालभित्र नफैलियोस भनेर केही कठोर कदमहरु चाल्न वाध्य भइएको हो । यो नेपाली जनताको स्वास्थ्यलाई ख्याल गरेर गर्न वाध्य भएका हौं ।
अब हवाइ यातायात, स्थलत यातायात पनि बन्द गर्ने भनिएको छ, यसले नेपालमा कोरोना आइसकेको हो ?
अहिलेसम्म भित्रिइसकेको छैन । तर, अहिलेको विश्वपरिवेश हेर्दा भित्रिने सम्भावना भएकाले यसो गर्न वाध्य भएका हौं । त्यसका साथै कोही नेपालीहरु संक्रमित मुलुकबाट आएर एकैचोटी पैmलिने हो कि भन्ने पनि त्रास छ । अहिलेसम्म जसरी सुरक्षित संक्रमण पनि त्यसैगरी एकैचोटी पैmलिने हो कि भनेर यो कदम चालिएको हो ।
भोलिदेखि अत्यावश्यक बाहेक सार्वजनिक यातायातहरु बन्द भएपनि सरकारी कार्यालयहरु चलिरहन्छ ?
सरकारी कार्यालयहरु खुल्छन् । त्यसपनि जसको काम दुई सातापछि गर्दा पनि फरकम पर्दैन त्यस्ता कामहरु पछि सारिदिए पनि हुन्छ । जहाँ, जसरी, जुन रुपमा कदमहरु चालिए पनि अन्तिममा कहीं कर्त संक्रमितहरु लुकेर बसेका भए पैmलिन सक्छ त्यसका लागि भीडभाडमा नजानु । जथाभावी भेटघाट नगर्नु त्यस्ताखाले कामले रोगहरु एकआपसमा सर्न सक्छ भन्न खोजेका हौं । कसैलाई सामान्य रुपमा छ भने पनि त्यो अरुमा नपैmलियोस, अरुमा नपैmलियोस भनेर हो । अस्पताल र अन्य अत्यावश्यक कार्यालयहरु खुल्लै रहन्छ ।
अहिले त सबैको महत्वपूर्ण भूमिका हुनुपर्छ निजी अस्पतालहरु सरकारलाई सहयोग गरेको छ कि छैन ?
निजी क्षेत्रका अस्पतालहरुले हामीले कुरा गर्दा उहाँहरुले अहिले हामीहरु के निजी, के सरकारी सबै एक हौैं । अहिलेसम्म हाम्रो देशमा संक्रमण देखिएको छैन । अब पनि हुन नदिएर उदाहरण बनेर देखाऔं भएर एकमत भएर अगाडि बढ्ने प्रण गरेका छौं । त्यसमा भएको संक्रमणको पनि एकमतले सामना गर्ने र हुन नदिनका लागि पनि त्यत्तिकै सचेतना अपनाउने भनेर प्रतिवद्धकासाथ अगाडि बढेका छौं । अहिले चाहीं संक्रमणलाई आउन पैmलिन नदियौं । यदि देशमा संक्रमण छ भने पनि त्यसलाई सक्रियतापूर्वक खोजौं । र, उनीहरुको उपचार गरौं, निको पारौं भन्ने नै हो । यो महाअभियानमा सबै सरकारी, गैरसरकारी र निजी सबै क्षेत्रका स्वास्थ्य कार्यालयहरु एकजुट भएर लागेनका छौं ।
भारतीय सीमाको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
यो एउटा ठूलो चुनौतिको विषय पनि हो । अन्तर्राष्ट्रिय विमास्थलमा पनि यस्ता समस्याहरु पहिला धेरै आए । त्यसलाई हामीले विस्तारै खारिँदै आएर अहिले बल्ल व्यवस्थि तगर्न सफल भएका छौं । अब त्यो अभियान हाम्रो स्थल नाकाहरुमा जान्छ । अहिले भारतमा पैmलिसकेका अब भारतबाट आउनेलाई पनि कडा चेकजाँचमार्पm क्वारेन्टाइनमा राख्ने काम गर्दछौं । कसरी सुरक्षित र व्यवस्थित गर्नुहुन्छ भन्दा हामीसँग धेरै नाकाहरु खुल्ला छन् । भारत र नेपाल दुवैपक्षले छलफल गरेर केही यस्ता नाकाहरु छन् । त्यसमा आवतजावतलाई व्यवस्थित गरौं । खुल्ला नाकाहरुमा जुन हिसावको हेल्थ डेस्क हुनुपर्ने हो, त्यो हुन्छ ।
नेपाल–भारत नाकाहरुको कुरा गर्दा काँकडभिट्टा र कञ्चनपुर भीड देखिएको छ नि किन ?
हामीले अहिलेसम्म यस्तै भीडभाडबाट जोगिनको लागि भनेका हौं । उताबाट आउने धेरै नेपालीहरु हुनुहुन्छ । उहाँहरुले पनि आपैm सचेत हुनुपर्छ । जसरी भारतबाट आउने दाजुभाइ दिदीबहिनीहरु आपैmले सचेत हुनुपर्छ । आपैm सेल्फ क्वारेनटाइनमा बस्ने । बाहिरबाट आएपछि गाउँमा धेरैजनासँग भेट नगर्ने । १४ दिनसम्म आफ्नै घरमा परिवारदेखि अलग्गै भएर बस्ने । जे–जस्ता कुराहरु अपनाउनुपर्ने त्यो अपनाएर घरमै बस्नुपर्छ । अहिलेको अभियान भनेको अरु संक्रमित हुनुहुन्छ म छैन भने म उहाँहरुबाट बच्नुपर्छ । म संक्रमित छु, अरु संक्रमित हुनुहुन्न भने मबाट उहाँहरु बच्नुपर्छ । यो तोकिएको दुई हप्ता एउटा नागरिकले अर्कोलाई सहयोग गर्दै भीडभाड नगरेर आफ्नै घरमा सबेर सरकारलाई सहयोग गर्नुपर्छ । हामीले आफ्ना परिवार, आफ्ना समुदाय र आफ्ना नागरिकलाई बचाउने काम मेरो पनि हो भनेर सोच्नुपर्ने हुन्छ । त्यो हिसाबबाट हामीले काम ग¥यौं भने संभावित संक्रमितबाट जोगाउन र जोगिन सक्छौं ।
अहिले पनि चार-पाँचवटा नाकामा चेक नै हुँदैन रे नि ?
यी नाकाहरुबाट दिनमै हजारौं मान्छेहरु आवतजावत हुन्छ । चेकजाँच नभएको होइन एकदमै हुन्छ । त्यसको तथ्यांकहरु पनि छन् । अबदेखि यी नाकाहरुबाट थप हेल्थ डेक्सहरु राखेर थप कडा गर्दछौं । अब सबै नाकाहरु कडाभन्दा कडा ढंगले चेकजाँच गरेर मात्रै आवतजावत गराउने गर्दछौं ।
अबदेखि नाकामा थप सुरक्षा व्यवस्था गर्नुहुन्छ हो ?
हामीले चेकजाँचलाई कडा गरेका छौं । यसअघि सामानहरु प्नि आउनुपर्ने त्यो पनि हिजो आइपुगेको छ । अब चेकजाँचलाई कडा गरेर यो प्रकोपबाट बच्न बचाउँन एकजुट भएर अगाडि जाने छौं । हिजो पनि धेरै भ्यान्टिलेटर, पीपीदेखि लिएर धेरै सामान हिजो मात्रै नेपाल आइसकेको छ ।
बजारमा माक्स र सेनिटाइजरको अभाव छ नि ?
अस्ति जफत गरिएकोबाट ५ लाख थान आएको छ । त्यो हाम्रा स्वास्थ्यकर्मी र नाकामा व्यवस्थित गर्न जाने साथीहरुलाई वितरण गर्दैछौं ।
सेनिटाइजर र ग्याँसको पनि बजारमा अभाव भएको छ नि ?
सेनिटाइजर पनि अहिले नेपालमा नभएको उत्पादन नेपालमै सुरु गरिएको छ । अहिले सबै सहकार्य गरेर उत्पादन सुरु गर्नुभएको त्यसले पनि यी कुराहरुको कुनै समस्या हुँदैन ।
हिजो प्रधानमन्त्रीले जसरी संक्रमण हुन नदिने भनेर घोषणा गर्नुभएको छ, त्यसमा कार्यान्वय तह फितलो हुँदैन ?
यसको कार्यान्वयनका लागि हामी कडाइका साथ जान्छौं । किन हामीले पहिला योसो गर्नुपर्छ भनेर आह्वान ग¥यौं । त्यसपछि रोकथामको लागि यसो गर्नुपर्छ भनेर सुसूचित गरियो । अहिले त तपाईंहरुले त्यसो गर्नै पाउनुहुन्न भनेर वाध्य बनाएका छौं । छिल्लो समय हामीले फिबर डेक्स पनि बनाएको छौं । जसको कारणले ज्वरोका बिरामीहरु एउटै ठाउँमा आउन् जसको कारणले अर्को रोगको विरामीलाई नसरोस । त्यो खालको विरामी हेर्ने चिकित्सकहरुले आपूmलाई सुरक्षित गर्न सक्नुहुन्छ । त्यहाँबाट आएका बिरामीहरुलाई आइसुलेसनमा राख्नलाई सजिलो पनि हुन्छ । यो दुई हप्ता चाहीं जुन सामान्य खालको चेकजाँच त्यसको लागि दुई हप्ता पछि मात्रै आउनुहोला । किन भने यो बेला संक्रमण रोक्नका लागि प्रयासहरु हुने भएकाले सामान्य रोगका बिरामीहरु अस्पताल नगइदिँदा राम्रो । अर्को हामीले पथरीका अप्रेसनहरु छन् जुन दुई हप्ता पछि गर्दा पनि हुन्छ भने त्यस्ता अस्पतालहरुलाई पछि गर्न निर्देशन दिएका छौं । जसको कारणले अस्पताललाई लोड पनि कम हुन्छ । साथै बेडहरु पनि खाली हुन्छ जहाँ संक्रमण पैmलिहाल्यो भने तुरुन्तै उपचार गर्न सहज हुन्छ । यसरी हामीले अहिलेको परिस्थितिको सामान गर्न हरेक किसिमका हथखण्डहरु अपनाएका छौं ।



प्रतिक्रिया दिनुहोस्