काठमाडौं, ९ चैत्र । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग सकिने भएको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा आफ्नो भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने एन्फाद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।
एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल, रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसोलेसन आवश्यक परेको खण्डमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय सरकारले प्रयोग गर्न सकिने जनाएको छ । त्यस्तै एन्फाले मानवीय विपद्को समयमा देशभरिका सबै खेलकूदका संरचनालाई पनि आवश्यक परेको खण्डमा प्रयोग गर्न र गराउन अनुरोध गरेको छ ।