Logo

कपाल तैलिय किन हुन्छ (समाधानको उपाय)



कपालमा तेल लगाएर राख्दा आफैलाई दिक्क लाग्छ । बाहिर जानुभन्दा पहिला कपाल धोएर जान भुल्नु हुँदैन । तर तेल नलगाई पनि तेल आफै आउँछ । के यस्तो कहिल्यै महसुस गर्नुभएको छ, नुहाएको भोलिपल्ट नै कपाल चिप चिप हुन्छ वा अलिकति तेल लगाए जस्तो हुने गर्छ । यस्तो हुनुको कारण तपाईँको कपाल तैलिय हो ।

यदि तपाईको कपाल बाक्लो भएपनि चिपचिप हुन्छभने तपाईको कपाल निििश्चत रुपमा तैलिय हो । यस्तो चिपचिप कपालले कष्टप्रद बनाउनुको साथै धेरै प्रकारका स्टाइल गर्न पनि मिल्दैन ।

तैलिय कपालको अर्को एक गम्भिर समस्या छ, चिपचिप कपालले छालालाई समेत असर गर्छ । यसले टाउकोको छालामा दाग बनाउनुको साथै अनुहारमा आउँने डन्डिफोरलाई पनि प्रोत्साहन गर्दछ ।

कपाल विशेषज्ञको अनुसार तैलिय कपालको हेरविचार नभएमा अर्को स्थायी कपाल झर्ने समस्या उत्पन्न गर्दछ । यदि कपाल तैलिय छ भने तुरुन्त आवश्यक काम अघि बढायनु पर्छ ।

पहिला तपाईको कपाल तैलिय हो एकिन गर्ने र दोस्रो काम के कारणले तैलिय भएको हो पत्ता लगाउनु पर्छ ।

१.तैलिय कपालः वास्तवमा टाउकोको छाला तैलिय भएको कारण हुन्छ । टाउकोको छालामा सेबसेअस ग्रन्थि हुन्छ, जसले सेबम नामको पद्वार्थ टाउकोको छालामा छोड्छ । यस सेबलमे प्राकृतिक ओसलाई बचाँइ राख्दछ । जब छालामा सेबमको धेरै मात्रा हुन्छ, यसलाई कपालले सोस्छ र कपाल तैलिय बनाउछ ।

२.हर्मोनले पनि कपाललाई तैलिय बनाउछ । सामान्यतया मानिसहरुको गर्भावस्था, बालपन, किशोरवस्था आदीमा हर्मोन अनियन्त्रित हुन्छ, तब सेबमको मात्रा धेरै हुन्छ ।

३.विभिन्न प्रकारका रोगका बिरामीहरुले सेबमको मात्रा बढाउन सक्छ ।

४. कपाललाई धेरै बर्टादा पनि तैलिय बढि हुने गर्छ । जतिबेला पनि तपाईको कपाललाई बर्टादा टाउकाको सेबलमे तेललाई बाहिर निकालेर पुरै टाउको भरी फैलाउछ ।

५.केही मानिसको वंशाणुगत नै तैलिय हुन्छ, उनको आफ्नो माता पितामा कोही एकको तैलिय भएकोले हुन्छ ।

कपाल तैलिय हुने कारण चिन्ता, खानपान, तैलिय खाना धेरै खाने, पानी कम पिउने, हर्मोनमा परिर्वतन, औषधि, मासिक चक्रमा परिर्वतन, गर्भनिरोधक औषधि र पेन किलर आदी हुन् ।

तैलिय कम गर्ने उपायहरु

१.सबैभन्दा पहिला आफ्नो डाइट परिर्वतन गर्ने, फलफुल र साग सब्जीमा जोड दिने । पानी धेरै पिउने

२ं नियमित रुपमा कपाल उपयुक्त स्याम्पुले धुने

३.तपाईको कपालमा अन्य तेल लगाउन आवश्यक नै हुँदैन, कपालमा प्राकृतिक आफै निक्लेको तेल धेरै लाभदायक हुन्छ । तपाईँले आफ्नो कपालको हेरचाह गरेमात्र पुग्छ ।

कहिलेकाँही कपालमा बदामको तेल मा कागतीको रस मिसाएर लगाउनु आवश्यक हुन्छ । चिपचिप कपाल हुँदा कपालमा भरपुर मात्रामा पोषण प्राप्त हुन्छ ।

४. कपाललाई बियरले धुनु लाभदायक हुन्छ । यसलाई सिधै कपालमा प्रयोग गर्न सकिन्छ ।

५.यदि तपाईसँग स्याम्पु गर्ने समय नभएमा कोर्न स्टोर्चको प्रयोग गर्न सकिन्छ । कोर्न स्टोर्चको प्रयोगबाट सुप र पकौडा बनाउन पनि सकिन्छ ।

६.मेहन्दीको प्रयोगले पनि तैलिय कपाललाई क मगर्न सकिन्छ । मेहन्दीले कपालको अतिरक्त तेललाई निकालिदिन्छ ।

७.एक्सरसाइज गरेपछि आएको पसिनालाई स्याम्पुले धोएमा पनि तेल निस्कन्छ ।

८. कोही मानिसहरुको कपाल जतिबेला पनि बाधि राख्ने बानी हुन्छ, त्यसरी कपाल बाध्दा जोड पर्न गई कपाल कमजोर हुुनुका साथै तेलको मात्रा पनि बढ्छ । त्यसैले कहिलेकाँही कपाललाईउ खुल्ला छोड्नु पर्छ ।



प्रतिक्रिया दिनुहोस्