Logo

संभोग पछि आराम गरिरहँदा शुक्राणुले के गर्छ



यस समयमा तपाईँ केहि गर्न सक्नु हुन्न । गर्भाधान गर्ने आशा मात्र गर्न सकिन्छ । सेक्स पछि पनि पति पत्नि अंगालोमा बाँधिन्छन्, तब तपाईको शरीरभित्र धेरै कुरा चलिरहेको हुन्छ । लाखौ शुक्राणुले डिम्ब खोज्न शुरु गरेका हुन्छन्, यीनीहरुको उक्त समयमा सजिलो यात्रा भने हुँदैन ।

यसमा सबैभन्दा पहिला गर्भाशयले रोक्न सक्छ । जुन तपाईको उर्वर दिनमा एक जाली जस्तो हुन सक्छ । यद्यपि तपाई सबैभन्दा उर्वर (फर्टाइल) हुनुहुन्छ भने चमत्कारी ढंगले छोडिन्छ र शक्तिशाली शुक्राणु त्यसभित्र जान सक्छ ।

उक्त समयसम्म जिवित भएका जिवाणुले नै लामो यात्रा तय गर्छन् । सबै मिलेर गर्भाशयबाट डिम्ब नलिसम्म पुग्न करीब १८ से.मी. यात्रा गर्नपर्दछ ।

शुक्राणुहरु हरेक १५ मिनेटमा करीब २.५ से.मी.को दुरीमा यात्रा गर्दछन् । यसमा लामो यात्रा देखिन्छ । सबैभन्दा छिटो शुक्राणुले ४५ मिनेटमा अन्डालाई खोज्न सक्छन् । तर सबैभन्दा ढिलो शुक्राणुलाई अन्डा खोज्न १२ घन्टासम्म लाग्छ । यदि शुक्राणुको संभोगको समय फैलोपियन ट्युब मा अन्डा नभेटेमा तपाईको शरीरको भित्र सात दिनसम्म जीवीत रहन्छ । यसको अर्थ तपाईले यस अवधिको दौरानमा ओव्युलेट गरेमा गर्भाधारण गर्न सक्छ ।

शुक्राणुको मृत्युदर उच्च हुन्छ र केवल केही दर्जनमात्र शुक्राणुहरु अन्डासम्म पुग्छन् । बाँकी शुक्राणु कतै फस्छन् त केहि हराउछन् भने केही मर्छन् ।

केही भाग्यमानी शुक्राणुहरु अन्डाको नजिक पुग्छन्, उनीहरुको भागदैड अझै सकिएको हुँदैन । प्रत्येक अन्डाले डिम्बको बाहिर सावधानी पुर्वक प्रवेश गर्नुपर्छ । दोस्रो भन्दा पहिलो भित्र जानु पर्छ । अन्डाबाट बाहिर निस्कनको लागि २४ घण्टा निषेचित हुनुपर्छ ।

जब सबैभन्दा शक्तिशाली शुक्राणु अन्डासम्म पुगेमा डिम्बमा तत्काल परिर्वतन आउँछ, ताकी कुनै शुक्राणु भित्र प्रवेश गर्न नसकुन् । यो एक सुरक्षा कवच जस्तो हुन्छ, पहिलो शुक्राणुलाई सुरक्षित रुपमा भित्र पुराई तुरुन्तै डिम्बलाई आवरित गर्दछ ।



प्रतिक्रिया दिनुहोस्