Logo

कोरोना भाइरस संक्रमित कुल संख्यामध्ये युरोपमा दुई तिहाई



एजेन्सी, १० चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको छ । चीनबाट देखिएको संक्रमण अहिले विश्वभर फैलिएको हो ।

साँढे दुई महिनाबीच सँसारका सबैजसो मुलुकमा कोरोना भाइरसका संक्रमिट भेटिइसकेका छन् । अहिले युरोप कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । विश्वका कुल कोरोना भाइरस संक्रमित संख्यामध्ये युरोपमा दुई तिहाई छन् । मर्नेको संख्यामा पनि युरोपमा अन्य महादेशको तुलनामा बढी छ ।

युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्वीटजरल्यान्ड, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया, बेल्जियम, नर्वे, स्वीडेन, पोर्चुगल, डेनमार्गलगायतका मुलुक संक्रमित बढी भएका मुलुकमा पर्दछन् । विश्वभर कुलु संक्रमित साँढे तीन लाख नजिक पुग्दा दुई लाखभन्दा बढी युरोपमा छन् ।
पछिल्लो तथ्यांक अनुसार इटालीमा संक्रमितको संख्या ६० हजार नजिक पुगेको छ । स्पेनमा २८६०३, जर्मनीमा २४८५२, फ्रान्समा १६०१८, स्वीटजरल्यान्डमा ७४७४ सक्रमित भेटिएका छन् । संक्रमणबा मृत्यु हुनेको संख्यामा पनि युरोपले अन्य महादेशलाई उछिनेको छ । इटालीमा पाँच हजार, स्पेनमा १७५६, जर्मनीमा ९४, जर्मनीमा ९४ र फ्रान्समा ६७४ जनाको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्