काठमाडौं, १० चैत्र । कोरोना भाइरस विश्वभर महामारी बनेको छ । नेपालमा पनि यसको संक्रमित भेटिएका छन् । हालसम्म विदेशबाट आएका दुईजनामा संक्रमण भेटिएको छ ।
संक्रमितमध्ये चीनबाट आएका एकजनाको उपचार भई संक्रमितमुक्त भइसकेका छन् । अर्का एकजना फ्रान्सबाट आएकामा संक्रमण भेटिएपछि उपचार भइरहेको छ । संक्रमणका कारण मानिसहरु त्रसित हुने सम्भावना नभएको होइन । तर, रोकथामको उपाय अपनाएमा जोगिन सकिन्छ । आत्तिनुहुँदैन तर हेलचेक्राईँ पनि गर्नु हुँदैन ।
कसरी जोगिने
कोरोना भाइरसबाट जोगिने उपायहरु पनि छ । भाइरस सर्न नदिने उपायहरु अपनाउन सके जोगिन सकिन्छ । यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी हुन्छ ।
साबुन पानीले हात धुने
मास्क लगाउने
खानपान राम्रो गर्ने
हाछ्यीउ गर्दा नाक र मुख छोप्ने
चिसो वा भाइरस संक्रमितको वरपर नजाने
भीडमा नजाने
सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक अवस्थामा मात्र निस्कने
पुरै तरिकाले पकाएको मासु मात्र खाने
जीवित जन्तु वा पशु नजिक नजाने