औसत महिनावारी चक्र २८ देखि २९ दिनसम्म हुने गर्छ । यसको गणना महिनावारी शुरु हुने पहिलो दिनबाट एक दिन पहिलालाई भनिन्छ । कोहि महिलाको चक्र धेरै छोटो हुन्छ, जसको केवल २१ दिनसम्ममा हुन्छ । कोहिको भने ३५ दिन सम्म लामो पनि हुन्छ ।
हरेक महिना चक्रको अवधि घट्नु वा बढ्नु सामान्य हो । एक महिनावारी बाट दास्रो महिनाबारीको बीच योनीबाट दुध जस्तो सेतो पद्वार्थ निस्कनु सामान्य हो । मासिक चक्रको दौरानमा हर्मोनको स्तर बढ्न् र घट्नेमा श्राव गाढापनमा परिर्वतन भईरहन्छ ।
जब तपाइँको उमेर बढ्दै गई रजनोवृत्तिको आसपास पुगेमा आफ्नो महीनावारीको चक्रको अवधिमा परिर्वतन हुने गर्छ । उमेर बढ्दै जाँदा तपाईको मासिक चक्र घट्न थाल्छ ।
महिनावारी जति करीब आउँछ, तपाईको मासिक चक्रमा उती नै धेरै परिर्वतन देखिन थाल्छ । केहि महिना पछि वा दुई तीन हप्ता पछि हुन लागेमा ।
यदि तपाइँको उमेर ४० वर्ष भन्दा कम र एक महिनावारीबाट दोस्रो महिनावारीको बीचमा लामो अन्तराल भएमा वा पुरै बन्द भएमा डाक्टरलाई देखाउनु पर्छ । यस्तो समस्या भएमा रगतको जाँच गराउनु पर्छ । यदि मासिक चक्रमा संभोग पछि रक्तश्राव भएमा पनि डाक्टरलाई देखाउनु पर्छ ।
कुनै गर्भनिरोधक तरिका जस्तो हर्मोन, इन्जेक्सन र अन्तगर्भाशयको उपकरण आदीको प्रयोगले अनियमित रक्तश्राव हुनसक्छ । यस्तो अवस्थामा जाँच गर्नु धेरै राम्रो हुन्छ ।