शरीरमा हुने जुम्रा तिल आकारको हुन्छ । यसले छालामा रगत चुस्नेका साथै कपडा र विस्तारामा पनि हुने गर्छ । यो गर्दन,काँध, बगल वा कम्मरको वरपर धेरै रगत चुस्ने गर्छ । शरीरको यो ठाउँमा कपडा धेरै लगाउनाले समस्या धेरै आउने गर्छ । जुन ठाउँमा सरसफाई हुँदैन त्यहाँ यसको धेरै वास हुन्छ । यसले टोकेमा कुनै प्रकारको बिरामी हुने सम्भावना हुन्छ र संक्रमण पनि हुनसक्छ । यो जीव कुनै संक्रमित व्यक्तिको कपडाबाट पनि सर्न सक्छ । यो केवल मानव शरीरमा पाइन्छ र यदि भुईमा झरेमा सात दिनमा आफै मर्छ ।
शरीरमा जुम्राको लक्षण
- बेस्सरी चिलाउने
- छालामा रातो दाग देखिनु
- कम्मरमा बाक्लो र कालो रंगको छाला लामो समयसम्म हुनु,
शरीरमा जुम्रा हुने कारण
शरीरको जुम्रा अन्य ठाउँको भन्दा ठुलो हुन्छ ।यसले अन्डा छाला वा कपडामा छाडिदिन्छ । यो उड्न र कुद्न सक्दैन बेवल घिस्री मात्र राख्छ । यसले विश्व भर नै कसैलाई पनि संक्रमण गर्न सक्छ । यो संक्रमित व्यत्तिको सम्र्पकमा विस्तारा,तौलिया,कपडा साझा गर्दा फैलन सक्छ ।जसले शरीरलाई सफा गर्दैन,भीड भाडमा जान्छ र सफा कपडा नलगाउने मानिसलाई धेरै सताउछ ।
शरीरका जुम्रा को उपचार
- शरीरलाई साबुन पानी वा तातो पानीले सफा गर्ने ।
- सधै सफा, सुख्खा र आइरन गरेको कपडा लगाउने
- डाक्टरको सल्लाहमा लोशन वा स्याम्पु को प्रयोग गर्ने
- जीवलाई मार्ने किटानाशक औषधिले नोक्सान पु¥याउने भएकाले सावधानी पुर्वक गर्ने