Logo

हाम्रो धर्मसंस्कृति र संस्कार कति महत्वपूर्ण रहेछ- चन्द्र भण्डारी



काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कोरोना भाइरसका कारण सँसारभर भयावह परिस्थिति आइरहेको र त्यसको सामना गर्न सिंगो नेपाली एक हुनुपर्ने बताएका छन् । उनले नेपाल र नेपालीको धर्म संस्कृति र संस्कार महत्वपूर्ण रहेको प्रमाणित रहेको टिप्पणी गरेका छन् । भण्डारीसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
कोरोना भाइरसको लागि सरकारले कदम चालिरहेको तपाईंहरु होम कोरोनटाइनमै हुनुहुन्छ कि केही गर्नुभएको छ ?
अहिले विश्वले नै कल्पना नगरेको अकल्पनीय घटना घटेको छ । जुन कुरा चाइनामा हुँदै हामीले सोच्नुपथ्र्यो । त्यसबेला विश्वका नेताहरु नै अलमलिए । र, अहिलेसम्मको विकास प्रविधिले पनि यो हुन सक्छ भनेर कल्पना गर्न सकेन । यसको बारेमा अध्ययन पनि गरिएन जुन कुरा पूर्वीय दर्शनहरुमा यस्ता विपत्तिका बारेमा अध्ययन गरिएको थियो । हाम्रा विकास र समृतिहरु अप्राकृतिक बन्दै गयो । त्यही कारण यस्ता घटनाहरु विश्वमा आए । यसमा हाम्रो सरकार छ भनेर ढुक्क हुने अवस्था छैन त्यसकोे लागि हामी सबै छौ भनेर अगाडि बढ्नुपर्छ । नघट्नु घटना घटिसकेपछि यसको कारणले हाम्रा बालबालिकामा ढिप्रेसन नआओस । जसको कारणले बालबच्चामा मनोवैज्ञानिक असर नपरोस भन्ने हो । यसमा हामीले भर्खरै अनुभव गरेका कुरालाई सेयर गर्ने हो ।
यसलार्इृ रोकथाम गर्न चिनीयाँ मोडल अपनाउन सरकार तयार छ, त्यो मोडल नेपालमा कति सफल होला ?
यो रोग चीनमा पैmलिने बित्तिकै मैले संसदमै भनेको थिएँ, ‘चीनलाई जति सकिन्छ सहयोग गरौं । त्यसको लागि माक्स दिएर हुन्छ कि मनोबल बढाएर हुन्छ, त्यसको लागि हामी छलफल गरौं,’ त्यति बेला कसैले सुनेन । अहिले चीनले सहयोग गर्न खोजेको छ । त्यसमा हामी चुक्यौं भने अहिले सरकारले ल्याएको विभिन्न मोडलमा, सरकारले क्रियाकलपाहरुमा हामी सबै कुरा सक्छौं भन्ने होइन । यसमा हामीले गर्ने भनेको दुई, तीनवटा कुरा हुन्, ‘भावी पीडिलाई यसलाई यसले के प्रभाव पर्छ यसलाई ख्याल गरौं । दोस्रो कुरा भारतले गरेको जुन मोडल जनता कफ्र्यु गर्ने, हात, खुट्टा धुने, घरबाट बाहिर ननिस्कने, हाछ्यू आउँदा टाढा बसिदिने, यसमा बिरामीले पनि ख्याल गर्ने र अर्को पक्षले पनि ख्याल गर्ने । दोस्रो नेपालमा जुन माथिल्लो वर्ग छ, जसले नेपालमा नाकाबन्दी लगाओस्, भूकम्प जाँदा होस् वा बाडीपहिरो आउँदा होस् अथवा कोरोनाको अप्ठ्यारो पर्दा उसले कालाबजारी गरिदिन्छ, तस्करी गरिदिन्छ, अवसरको फाइदा उठाइदिन्छ भने त्यस्ता व्यक्तिहरुलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।
आपूर्ति मन्त्री लेखराज भट्टले नै त्यस्ता व्यक्तिलाई पाँच वर्ष जेल हाल्छौं भनेर भनिसक्नुभयो नि ?
यो भनाइमा मात्रै भएर हुँदैन, व्यवहारमा देखिनुपर्यो । अप्ठ्यारोमा त्यस्तो गर्नुभनेको त राष्ट्रद्रोही काम हो । त्यस्तो राष्ट्रदोह गर्ने कसैलाई पनि छोड्नुभएन । नेपालमा जो मान्छे हुनेखाने छ, त्यसले मुलुक अप्ठ्योरमा परेको बेलामा कृतिम अभाव सिर्जना गरेर राष्ट्रद्रोह गर्छ भने त्यसलाई कारबाही गरेर सरकारले देखाउन सक्नुपर्छ ।
त्यस्ता व्यक्तिलाई कारबाही गर्छौं भनेर सरकारले त जरिवना पनि तोकिसकेको छ नि ?
जसरी तपाईंले सर्वसाधारण माझ जसरी जनचेतना पैmलाइरहनुभएको छ । त्यसलाई हामीले पनि ध्यान दिनुपर्ने रहेछ । योलगायत हामीले तीनवटा ठूला–ठूला घटनाहरु देख्यौं सबैमा हामी सफल हुन सकेनौं । हामीले त खाली तिनै कालाबजारी र कृतिम अभाव सिर्जना गर्नेहरुसँग साझेदारी गरिरह्यौं । अहिले त हामी भोलि तपाईं हामी यसरी अन्तर्वार्ताको क्रममा भेट हुन पाउने हौं कि होइनौं भन्ने अवस्थामा अहिले छौं । यो बेलामा अझ गम्भीर हुनुपर्छ भन्ने लाग्छ । अर्को कुरा यसको असर मुलुकमा भोलि ठूलो भोकमरीको माहामारी पनि पर्छ सक्छ त्यसको लागि पनि एउटा जिम्मेवार सरकारले अहिले नै सोच्न सक्नुपर्छ । यो रोग त फेरि बृद्धबृद्धा र बालबालिकाको लागि जोखिम पूर्ण भनिएको छ । त्यसको लागि पनि सोच्नुपर्यो नि ।
पछिल्लो समय त युवाहरुमा जोखिमूर्ण सावित भएको छ नि ?
डब्ल्युएचओको रिपोर्टमा बृद्धबृद्धा र बालबच्चामा बढी देखिएको भनिएको छ । पछिल्लो समय युवाहरुमा पनि देखिएको छ । त्यसमा पनि हामीले सचेत र सजग गराउन सक्नुपर्छ । यसको न्यूनिकरणको लागि तपाईंको मिडिया जसरी लागेको छ, त्यसैगरी हामीहरु पनि लाग्नुपर्ने अवस्था देखिन्छ । जो व्यक्ति क्वारेन्टाइनमा बसेका उनीहरुलाई हामीले महाभारत, रामायण, चाणक्य जस्ता धार्मिक कुराहरुको पनि जानकारी गराउनुपर्छ । जसको कारणले उनीहरुमा युनिटिपावर बढाउँछ ।
अहिले सरकारले चालेका कदम र जनताको सहयोगले नेपाल सुरक्षित बन्न सक्छ ?
यस्तो क्राइसिसको बेलामा आफ्नो घर नआउनु भन्न सकिँदैन । यसले ग्रामीण भेगमा जसरी चाँप बढिरहेको त्यसलाई सामना गर्न सक्ने क्षमता पनि हामीसँग हुनुपर्छ । यसको सामनाको लागि गाउँमा भएको जडिबूटीहरुलाई कसरी सेवन गराउने । सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरुलाई कसरी परिचालित गर्ने, यो एउटा महत्वपूर्ण कुरा छ । अर्को कुरा यो संसार जे पनि खाने, जे पनि गर्ने, प्रकृतिको विनास गर्ने, अप्राकृतिक काम गर्ने यी तिनवटा कुराले पनि मानवमा बिनाको स्थिति सिर्जना भएको छ ।
कोरोना भाइरसको लागि रक्सी र चुरोट खतरानाक हुन्छ रे नि ?
त्यो भन्नेलाई धन्यवाद छ । हामीले पनि यो कुराको महसुस गरेका छौं । त्यसको लागि हाम्रो दम्बबाट प्रकृतिमाथि च्यालेन्ज गर्न थाल्यौं । प्राकृतिक कुराको दुरुपयोग गर्न थाल्यौं । अप्राकृतिक कुरालाई प्रसय दिन थाल्यौं त्यो कुरा त मैले यहाँलाई पहिला पनि निवेदन गरेँ नि । आफ्नो संस्कार, संस्कृति, रितिरिवाजलाई नमान्ने जे पनि खाने, जे पनि गर्ने त्यसलाई आधुनिकता सम्झने । यसैमा मानव फस्दाखेरी त आज यो स्थिति भयो । हामीले विकासको काम गर्दा प्रकृतिलाई वाधा नपर्ने गरी गरेको भए आज यो स्थितिको सिर्जना हुने थिएन । यो बेलामा कोरोना आउँछ भनेर हाम्रो पूर्वीय दर्शनले पहिले नै भनेको रहेछ । यसलाई हामी अध्ययन न गरेनौं, ख्यालै गरेनौं । त्यो सत्यताको विरुद्धमा लाग्यौं ।
तर, नेपालमा अहिलेसम्म कोरोना भित्रिएको छैन नि यो त खुसीको कुरा हो नि ?
विश्वमा महामारीको रुपमा लिँदा पनि अहिलेसम्म नेपालमा देखिएको छैन । यो भन्दा हाम्रो कुरा अरु के हुन सक्छ । हिजो वीरगन्जमा हो कि भनेर हल्ला आयो ।
त्यो त हल्ला मात्रै रहेछ नि ?
हामीले यो अवस्थामा पनि बुझ्नुपर्छ कि नेपाल कति राम्रो देश रहेछ भनेर । विश्वमा नेपाल कति आवश्यक रहेछ, यहाँको समाज, संस्कृति, धर्म, रितिरिवाज कति राम्रो रहेछ भनेर । यसको अनुसारको नेतृत्व हामीले पाएन छौं कि भन्ने बारेमा त हामीले सोच्नुपर्यो नि । आज युरोपमा भएका मान्छे पनि नेपाल गएर बाँच्न सक्छ कि भनेर आउँने त हामीले बनायौं नि, त्यो सम्झनुप¥यो । विश्वमा अप्ठ्यारो पर्दा नेपाल सुरक्षित राम्रो देश बन्ने अनि समस्या परेको बेलामा यहाँ भएकाले ठूलाले सानालाई कृतिम अभाव सिर्जना गरेर समस्या पार्ने यो भन्दा ठूलो अपराध के हुन सक्छ ? तपाईंंको मिडियामा मार्पmत हाम्रो पूर्वीय दर्शन अनुसार नेपाललगायत विश्वमा रहेका नेपालहरुलाई आत्मसात गर्न र धैर्यधारण गर्न अपिल गर्न चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्