Logo

आज २०७६ चैत्र ११ गते मंगलबारको राशिफल



काठमाडौं, ११ चैत्र । आज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र ११ गते मंगलबार इश्वी सन २०२० मार्च २४ तारीख चैत्र कृष्णपक्ष औँशी तिथी उत्तरभाद्रपदा नक्षत्र शुभ योग किस्तुघ्न करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्धि योग परिधावीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु,स्नानदानका लागी औँसी ,हलो बार्ने घोडेजात्रा विश्वक्षयरोग दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दायित्व हात लाग्नेछ । जीवनसाथीको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्रसगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) अप्रत्यासित मित्रजनसगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनीलाई नयाँ योजनाको आवश्यक पर्नसक्ला । पारिवारिक साथ सहयोगले आम्दानी बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानीले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दिगो फाईदा दिलाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले वौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । शारिरीक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परिवारमा बिताएको समय फाईदाजनक रहला । तपाईका विरोधीहरु सबल रहनाले तपाईलाई आफू कमजोरीको महसुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको स्वास्थमा देखिएको खराबीले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोगद्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहीले धनमालको क्षति ब्यर्होनुपर्ने सम्भाबना रहेको छ । स्वास्थ्यसम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतिक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नुपर्न सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते_ तपाईको परोपकारी भावनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुशीको लागि अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थ्यमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्तिहरुसँगको सम्बन्ध टाढिएला । जीवनसाथीको खराब स्वास्थ्यले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि तथा नेतृत्त्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चञ्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरिपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनुहोला । परिस्थितिसँग जुध्नसक्ने क्षमताको खाँचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाडि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनुपर्ने हुनाले सचेत रही अघि बढ्नु होला । बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानीमा उत्तम समय रहेकोछ ।



प्रतिक्रिया दिनुहोस्