Logo

अमेरिका कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु बन्नसक्ने



एजेन्सी, ११ चैत्र । संयुक्त राज्य अमेरिका कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु बन्नलागेको विश्व स्वास्थ्य संगठनले भनेको छ । आज विश्व स्वास्थ्य संगठनका अधिकारीले अमेरिकामा भाइरस फैलिएको तथ्यांकलाई दृष्टिगत गरी केन्द्र बिन्दु बन्नलागेको उल्लेख गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनको अधिकारीको भनाई उदृत गर्दै वासिङ्टनपोष्टले लेखेको छ, हामी अमेरिकामा ठूलो वृद्धिदर देखिरहेका छौं । अमेरिका विश्व महामारीको नयाँ केन्द्रबिन्दु बन्ने अवस्थामा पुग्दैछ । अमेरिकामा हिजो अचानक कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको थियो ।

त्यहाँ ४३ हजारभन्दा बढी संक्रमितको संख्या आएपनि वास्तविक संख्या त्योभन्दा धेरै बढी हुने अनुमान गरिएको छ । एकै दिन हिजो एक सय जना संक्रमितको मृत्यु भएको छ । यसअघि चीन कोरोना भाइरसको केन्द्रबिन्दु बनेको थियो । त्यसपछि युरोप केन्द्रबिन्दु बन्यो । अहिले अमेरिकामा संकट बढेको छ ।



प्रतिक्रिया दिनुहोस्