काठमाडौं, १२ चैत्र । उपप्रधान तथा रक्षामन्त्री एवम कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले हिजोबाट सिंहदबारस्थित् रक्षा मन्त्रालयको पुतली बगैंचामा कार्यालय सञ्चालन गरेका छन् । हिजो (मंगलबार) बाटै मन्त्री पोखरेलले भेटघाटलाई अघि बढाएका हुन् । हिजो पहिलो दिन उनले पर्यटनमन्त्री योगेश कुमार भट्टराई र नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टसँग भेटवार्ता गरेका थिए ।
कोरोना भाइरसको सन्त्रासका कारण आफूले अलिक खुल्ला स्पेशमा टेन्ट टाँगेर अत्यावश्यक काम सुरु गरेको उपप्रधानमन्त्री पोखरेलले बताएका छन् । कार्यकक्षमा भेटघाट गर्दा भौतिक दूरी कायम गर्न समस्या आउने भएकाले आफूले यस्तो कदम चालेको उनको भनाई छ । उनको सचिवालयले दिएको जानकारीअनुसार उनका आजका भेटघाट पनि यही टेन्टमा हुनेछन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम