Logo

वैदेशिक सहयोग रोकिनसक्ने, एनजीओ आइएनजीओलाई संकटमा



काठमाडौं, १२ चैत्र । सँसारभर कोरोना भाइरसको संक्रमण बढेपछि वैदेशिक सहयोग राकिनसक्ने भएको छ । मुख्य दातृराष्ट्रहरु आफै संकटमा परेपछि सहयोग रोकिने सम्भावना बढेको छ ।

अमेरिकाले अफगानिस्तानलाई दिदै आएको एक अर्ब डलर सहयोग रोक्ने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले सहयोग रोक्ने घोषणा गरेका हुन् । आर्थिक संकटका कारण धनी देशहरुले सहयोग रकम रोक्न थालेका छन् । उनीहरुले कोरोना रोकथाम र स्वास्थ्य क्षेत्रमा अरबौं डलर खन्याउनुपर्ने अवस्था बनेको छ ।

नेपालमा संचालित राष्ट्रिय अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाहरुको मुख्य दातृ राष्ट्रमा अमेरिका र युरोपेली युनीयनसम्वद्ध मुलुक रहेका छन् । अमेरिका र युरोपेली देशहरुमा संकट आएपछि संघसंस्थाहरुले पाउँदै आएको सहयोग रोक्किने वा अवरोध हुने देखिएको छ । यसले गैर सरकारी संस्थाहरुलाई ठूलो असर पर्ने देखिन्छ ।

गैर सरकारी संस्थामा हजारौं नेपाली रोजगार छन् । त्यो क्षेत्रमा रोजगारीको अवसर गुम्ने खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्