Logo

पहिला नै बोर्डर सिल्ड गरेर कफ्र्यु लगाउनुपथ्र्यो- डा. प्रभात अधिकारी



काठमाडौं, १२ चैत्र । डा. प्रभात अधिकारीले नेपाल लकडाउन मात्र नभई कफ्र्यु नै लगाउनुपर्नेमा जोड दिएका छन् । भाइरसको आक्रमणलाई युद्धको अवस्था भन्दै सरकार कडाईका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । डा. अधिकारीले ऋषि धमलासँग गरेको विशेष कुराकानी ।

नेपालमा पनि कोरोना भाइरस प्रवेश भयो नि ?
आउटडेट भएको छैन, प्रवेश चाहीं भयो । आउटडेट किन भएको छैन भने कि संक्रमितको संख्या बढ्नुपर्ने कि पशुपतिमा मर्नेहरुको संख्या खात लाग्नुपर्ने हो, त्यो देखिएको छैन । नेपालमै भएको मान्छेमा चाहीं भएको छैन । बाहिरबाट आउने मान्छेमा त देखिइसकेको छ । त्यसबाट अरुलाई पनि सरेको पनि हुन सक्छन् । अहिले रोग आइसकेको तर पत्ता नलागिरहेको हो ।
अहिलेजस्तै गरेर नेपालमा कोरोना नोइन्ट्रि भनेर बस्न लाई केगर्नुपर्छ ?
अहिले अब नेपालमा आएको छैन भनेर ढुक्क हुनलाई पहिला नैं बोर्डररहरु सिल गर्नुपथ्यो । पहिला नै अहिलेको जस्तो गरेर सबै बोर्डडरहरु सिल गरेर टाइट गर्नुपथ्र्यो । अहिले पनि यसलाई पैmलिन नदिन हाम्रो हात छ । अहिले पनि रोगलाइसकेको छ, त्यो आउट ब्रेक भएको छैन । त्यसको लागि प्रधानमन्त्रीको नेतृत्वमा अन्य मन्त्री र अन्य व्यक्तिहरुको चुस्त दुरुस्त खालको टास्कफोर्स बनाउनुपर्छ । त्यसमा मानिसहरुको डाक्टर मात्रै नभएर भेट्नरी डाक्टरहरु पनि राख्नुपर्छ । इपिडिलियोजीका साथीहरु पनि राख्नुपर्छ । विशेषज्ञहरुको टिम राख्नुपर्छ । यी सबै मिलाइसकेपछि साना, साना ग्रुपहरु बनाउनुपर्छ । त्योमध्ये एउटा कमान्ड सेन्टर बनाउनुपर्छ । अहिले त जनतामा मात्रै होइन डाक्टरहरुमा पनि यो रोगलाई के गर्ने, कसो गर्ने भन्ने कन्फ्युजन जस्तो छ । आईसीयु रुमका बिरामीहरुलाई कसरी हेर्ने भन्ने अवस्थामा चिकित्सकहरु पनि डराएको अवस्थामा छन् ।
हाम्रो देशका डाक्टरहरु किन डराउने विश्वमा डराएका छैनन् त ?
निर्धक्कसँग सबैको उपचार गरिरहेका छन् । अरु रोगजस्तै ढंगले यसको पनि उपचार भइरहेको छ ।
कोरोनाको प्रकोप त विश्वभरी नै छ नि ?
हाम्रा डाक्टरहरु कामै गर्न नसकेर डराएका होइनन् । त्यस्तै विरामीहरु समक्ष जानको लागि इकुप्मेन्टहरु, माक्स, त्यस्तै कपडा चाहियो नि । अहिले सबैतिर माक्स आवश्यक इकुइपमेन्टको अभाव छ । यहाँ त सबैभन्दा महत्वपूर्ण कुरा भनेको डाक्टर आफ्नै इन्फेक्टेड भएपछि उसले खाले बिरामीहरुलाई पनि सार्न सक्छ । उसले आफ्नो कमिनिटीमा गएर त्यो भाइरससँग लड्ने क्षमताको तागत देखाउन सक्दैन त्यसैकारण डराएको हो ।
कोरोनाको उपचार गर्नको लागि डाक्टरलाई के के चाहिन्छ ?
सबैभन्दा पहिला त चिकित्सकहरुलाई सर्जिकल माक्यहरु पर्याप्त मात्रमा चाहियो । त्यसपछि सुरक्षित गाउन्सहरु चाहियो । अर्को गगलस अथवा चस्मा चाहियो । पञ्जा, ग्लोब्सहरु चाहियो । सुरुको फेजमा यी चिजहरु चाहियो । बिरामी आएर खात लाग्न थालेपछि आइसीयुमा जाने बढी चान्स हुन्छ । आइसीयुमा जाने बिरामीलाई अक्सीजन चाहियो । भ्यान्टिलेटर चाहिन्छ । त्यसपछि रोगसँग सम्बन्धित तालिम प्राप्त दक्ष जनशक्ति चाहियो । यी अझ दोस्रो चरणका कुरा भए । सबैभन्दा पहिला युद्धमा जानुअगाडि हतियार त चाहियो नि ?
त्यो हतियार डाक्टरहरुलाई लिइएको छैन हो ?
त्यो हतियार सबै डाक्टरहरुले पाएकै छैनन् । त्यसले चाहिएजति पर्याप्त मात्रामा छैन ।
यसबारेमा तपार्इंंहरुले स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुसँग कुरा गर्नुभएन ?
हामीले त्यसको बारेमा उहाँहरुसँग एक हप्ता अगाडिदेखि कुरा गरिरहेका छौं । एउटा अमेरिकन–नेपाल फाउन्डेसन भन्ने एउटा संस्था छ । जुन अमेरिकामा बसेका नेपाली डाक्टरहरुको फाउन्डेसन । अमेरिकामा भएका साथीहरु चाइनाबाट मगाएर अलिअलि बाँडिरहनुभएको छ । त्यसले केही न केही सहयोग त गरेको छ, तर पर्याप्त छैन । अर्को कुरा यी चीजहरु बन्ने सबै चाइनामै हो । यसको पहिला मार चाइनामै प¥यो । त्यसैले पनि पर्याप्त उत्पादन पनि हुन सकेको छैन । यो चपेटाबाट चाहिना चाहिं बिस्तारै तंग्रिदै छ । अरु राष्ट्रहरु पुरै मारमा परेकाले पनि चाहिनाले डिमान्ड अनुसारको सप्लाई पनि गर्न सकेको छैन । अर्को कुरा अहिले हामीले एयरपोर्टदेखि सबै क्षेत्रमा लकडाउन गरेको त्यसैले इन्डिभिजुयल रुपमा ल्याउनै सकिँदैन ।
त्यस्तो महत्वपूर्ण कुरा ल्याउन सरकारले प्लेन चार्टर गर्न सक्छ नि ?
सरकारले चाहेमा त सक्छ । हाम्रो जोड र भनाइ पनि त्यही हो । त्यही भएर मैले अगिनै पनि भनेको छु । यसको लागि एउटा चुस्त, दुरुस्त खाले टिम चाहिन्छ । हाम्रो देशमा कति माक्स चाहिन्छ, अन्य इकुइप्मेन्ट कति चाहिन्छ भनेर ठ्याक्कै एकिन गर्न टिमको आवश्यकता पर्छ । एउटा डाक्टर र नर्सको लागि ट्रेनिङको लागि क्याम्प चलाउनुपर्छ । कुनै मानिसलाई ज्वरो आयो भने उसलाई ट्र्याक गर्नको लागि एउटा एप्प बनाउनुपर्छ । त्यो अफलोडमा जानुपर्छ यो हाम्रो युद्ध हो ।
यो युद्ध त नेपालीहरुले जित्छन् होइन ?
यो नेपालीहरुले जित्ने त निश्चित छ । किन भने नेपालीहरुले सरकारले बनाएको नियमको पालना गरेका छन् । यसभन्दा पहिला पनि विदेशमा धेरै ठूला–ठूला रोगको युद्ध आएकै हो । त्यसबेला नेपालले जितेको थियो । अहिले पनि जित्ने निश्चित छ । तर, पहिला हामीले डेको जस्तो युद्ध होइन यो । यो खुकुरी लिएर लड्ने युद्ध होइन । अहिले छुट्टै ढंगले लड्नुपर्ने युद्ध हो । अहिलेको सत्रु भनेको भाइरस हो । त्यो हाम्रै साथीहरुलाई आक्रमण गरेर हामी नजिक आउँछ । यो घरमा बसेर तास खेल्ने, भोजभतेर गर्ने साथी जम्मा हुने, तास खेल्ने होइन । बाहिर हिँडेर मात्रै भाइरस आउने घरभित्र चाहिं जति जना बसेर जे गरेपनि नआउने होइन ।
त्यसोभए भाइरसबाट सुरक्षित हुन के के गर्नुपर्छ ?
सबैभन्दा पहिला त हामीले भाइरसबाट सुरक्षित हुन कुनै पनि मान्छेलाई भेट्नुभएन । घरबाट बाहिर चाहीं ननिस्कने मान्छे चाहीं भेटिरहने होइन । आफ्नो घरका सीमित मान्छेबाहेक बाहिरका मान्छेसँग बसेर तास खेल्ने, घुलमिल गर्ने गर्नै भएन । भेट्न जाने त कुरै जाओस् घरमा कोही मान्छेलाई बोलाउने भेट्ने गर्नुपनि भएन । यदि दुई जनासँगै हिड्नुप¥यो भने पनि ६ फिटको डिस्टेन्स राखेर हिड्नुपर्छ । पसलमा सामान किन्न जाँदा पनि हरेक मान्छे बिना भिडभाड ६ फिटको डिस्टेन्समा बस्नुपर्छ । त्यसमध्ये कुनै मान्छे खोकिरहेको छ भने तुरुन्त उसलाई चेकअपको लागि भन्नुपर्छ । त्यसरी खोक्ने मान्छेले माक्स लगाउनै पर्छ । खोक्नेले माक्स लगाएन भने उसले भाइरस बाहिर निकाली रहेको हुन्छ । माक्स छैन भने खोक्दा कुहिनोले मुख ढाक्नुपर्छ । बाहिरबाट घरमा पस्दा अथवा त्यस्ता संकास्पद मान्छेलाई भेटेपछि तुरुन्त हात सफल गर्नुपर्छ । त्यसको लागि दुईवटा तरिकाहरु छन् । पहिलो साबन पानीले २० सेकेन्डसम्म हात सफा गर्नुपर्छ । अर्को ६० प्रतिशत इथाएल अल्कोहल भएको सेनिटाइजरले हात सफा गर्नुपर्छ ।
जनताहरु त घरमा बसेर अल्कोहल खान थाले नि ?
यसलाई भन्छ, ‘लिटल नलेज इज डेन्जरस्’ । हामीले चाही हात सफा गर्न ७० प्रतिशत इथाएल अल्कोहल हुनुपर्छ भनेको हो । त्यसले हातमा भएको भाइरस मार्छ । भाइरस चाहीं नाकबाट फोक्सोमा छिर्छ । रक्सी चाहीं हजुरहरुले मुखबाट पेटमा पु¥याउनुहुन्छ । अनि त्यसले भाइरसलाई कसरी मार्छ । त्यो मात्रै होइन, रक्सीले झन् रोग प्रतिरोधात्मक क्षमतालाई कम गरिदिन्छ ।
त्यसोभए रक्सी कसैले पनि पिउनुहुँदैन ?
हो, रक्सी कसैले पिउनुहुँदैन । र, चुरोट, सुर्ती र गुड्खा पनि कसैले पनि खानुहुँदैन ।
त्यसोभए घरमा बसेर रक्सी र सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन ?
घरमा बस्नेले रेक्सी, चुरोट, खैनी, गुड्खा केही नखानुस् । र, घरमा मान्छे बोलाएर पार्टी पनि नगर्नुहोस् ।
घरमा बसेर मान्छे बोलाएर तास खेल्ने, रक्सी खाने गर्ने पनि छन् नि ?
यदि कसैले घरमा बसेर यस्तो गर्दै हुनुहुन्छ भने उहाँहरुले भयानक ठूलो दूर्घटना निम्ल्याउँदै हुनुहुन्छ । तपाईंले मान्छे बोलाउँदै हुनुहुन्छ भने तपाईं आफूले थाहै नपाई भाइरस निम्त्याउँदै हुनुहुन्छ आफ्नो कोठामा । त्यसले गर्दा तपाईं र तपाईंले माया गर्ने सबै मान्छेलाई हानी पु¥याउँछ ।
तपाईंले नेपालमा औषधि पनि आउँदै पनि छ भन्नुभएको थियो, के छ ?
तपार्इंले औषधिको नाम सोध्नुभयो भने अहिले नै भन्न असमर्थ छु ।
औषधिको नाम भन्न मिल्दैन ?
त्यो अहिले नै भन्न मिल्दैन । मलाई स्ट्रङली त्यो नभन्नु भन्ने आएको छ । त्यसैले अहिले भन्न चाहन्न । त्यो औषधि कस्तो छ भने पहिला सरकारको तर्पmबाट पास हुन्छ । अहिले मेडिकल लाइनका सबैलाई थाहा भइसकेको छ । हामीले त्यो औषधि तयार गर्न नेपालकै औषधि कम्पनीहरुलाई टार्गेट दिएका छौं । उहाँहरुले प्रशस्त मात्रामा बनाउँदै हुनुहुन्छ ।
त्यसोभए कोरोना भाइरसविरुद्धको औषधि आउँछ ?
अहिलेसम्म डब्ल्यूएचओले औषधि आउँछ भनेको छैन । र, यो औषधि अहिलेसम्म कतैबाट पनि प्रमाणित पनि भएको छैन । अहिले इमर्जेन्सी सिचुएसनमा चाइनाले प्रयोग गरेकोमध्ये नेपालमा पाइने एउटा औषधिले काम गर्छ कि भनेर तयार गर्दैछौं । अहिलेसम्म यही हो भनेर प्रमाणित भएसम्म अलिकति काम गर्न सक्ने अवस्थालाई मध्यनजर राख्दै त्यसलाई युज गर्नुपर्छ भनेको हो ।
अस्ति संक्रमित भएकी युवतीमा त्यो औषधि प्रयोग गर्नुहुन्छ ?
ती संक्रमित युवतीलाई कुनै पनि सिमटम अहिले छैन । यो रोगले ८० प्रतिशत मान्छेलाई त केही पनि हुँदैन आफै ठिक हुन्छ । उहाँलाई अहिले त्यो औषधि प्रयोग गर्नुपरेन । किन भने औषधि भनेको मकै खाएको जस्तो होइन । यसको पनि साइड इफेक्टहरु हुन्छन् । जसलाई रोगको लक्षण नै देखिएको छैन । त्यस्तालाई औषधि खुवायो भने झन् साइड इफेक्ट हुन सक्छ । त्यसैले उहाँलाई यो औषधि प्रयोग गर्नुपरेन । अरुलाई सिमटम देखियो भने मात्रै हामीले औषधि प्रयोग गर्दा हुने फाइदा र नखुवाउँदा हुने घाटा यी दुवैलाई मध्येनजर गरेर औषधिहरु प्रयोग गर्दछौं ।
अस्ति संक्रमित भएकी युवतीले क–कसलाई भाइरस सारिन् होला त ?
त्यो कुरा पत्ता लगाउन एकदमै गाह्रो कुरा छ । उहाँसँग कुरा गर्दा ‘संका लागेपछि एकमदै संयमित भएर घरमै बसेँ त्यसबेला धेरै मान्छेसँग भेटिनँ,’ भन्ने कुरा गर्नुभएको छ । मुख्य कुरा चाहीं उहाँलाई कहाँबाट लाग्यो ? उहाँलाई फ्रान्सबाटै लागेको हो कि अन्त्रबाट भन्ने मुख्य कुरा हो ।
उहाँ त भियतनाम र स्पेन पनि जानुभएको थियो नि ?
यसमा दुईवटा कुराहरु हुन सक्छ । उहाँको ट्रान्जिटबाट जो–जो मान्छेहरु आउनुभयो उहाँहरुलाई पनि लागिसकेको हुन सक्छ । त्यो नभएर उहाँलाई लागेको केही दिन पनि मात्रै उहाँले सार्नुभयो भने यहाँ आइसकेपछि जो–जो मान्छेलाई भेट्नुभयो । जस्तो उहाँ पसलमा निमेल गर्न जानुभभो होला, साथीसँग भेट्नुभयो होला, सार्वजनिक यातायात चढ्नुभयो होला । त्यो त अब लेखाजोखा नै हुँदैन । जस्तो विदेशमा भइदिएको भए मान्छेहरु गाडी चडेर हिड्थे यो ठाउँमा गएँ, ऊ ठाउँमा गएँ भन्ने हुन्थ्यो । त्यहाँ भीडभाड पनि हुने थिएन । हाम्रो नेपालमा त कुनै पनि ठाउँमा सीमित मान्छेलाई मात्रै भेट्ने भन्ने हुँदैन । त्यहाँ त गु्रप हुन्छ । पसलमा जाँदा कुनै ठाउँमा गाडी चढेर जाँदा थाहै नभइ धेरै मान्छेलाई संक्रमित भइसकेको हुन सक्छ । त्यही भएर अहिले हामी जे पनि हुन सक्छ भनेर एकदमै तयारी अवस्थामा पुगेको कारण नै यही हो ।
त्यसोभए संक्रमितको संख्या बढ्न सक्छ ?
बढ्न सक्छ । किन भने उहाँबाट अरुमा भाइरस सरिसकेको छ भने त्यसले आजभोलि नै सिमटमहरु त देखाउँदैन । कम्तिमा एक हप्ता त लाग्छ । कतिपयलाई सिमटम पनि देखाउँदैन । झन्डै ८० प्रतिशत मान्छेमा त सिमटम नदेखाइकन त्यो भाइरस अरुलाई सारिरहेको हुन्छ । भनेपछि त्यो भाइरस को–कोमा र कति मान्छेमा पुग्यो त्यो भन्न सक्ने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्